कारागारमा ९५ प्रतिशत मतदान

तीन घण्टामै सकियो मतदान

कारागारमा ९५ प्रतिशत मतदान

नुवाकोट : प्रतिनिधि सभा सदस्य निर्वाचन अन्र्तगत विहीवार नुवाकोटसहित देशैभर मतदान कार्य भइरहेको छ । अस्थायी मतदान केन्द्र रहेको केन्द्रीय कारागार नुवाकोटमा मतदान सकिएको छ । 

विदुर नगरपालिका–६ चण्डीपोखरीस्थित केन्द्रीय कारागार नुवाकोटमा रहेको अस्थायी मतदान केन्द्रमा ९५ प्रतिशत मत खसेर मतदान सम्पन्न भएको हो ।  सो केन्द्रमा रहेका एकसय ४५ मध्ये एक सय ३५ जना मतदाताले मतदान गरिसकेको मतदान अधिकृत मानवहादुर मानन्धरले जानकारी दिए । 

उनका अनुसार एक सय ४२ जना कैन्दीवन्दी र तीन जना कर्मचारीसहित एक सय ४५ जना अस्थायी मतदाता रहेकोमा एकसय ३५ मत खसेको हो । नामावली रहेका सात जना कैदीवन्दी कोही कैद भुक्तान गरेर घर गएको र कोही अन्यत्र कारागार सरुवा भएकोमा ९५ प्रतिशत मत खसेको जनाइएको छ । 

केन्द्रीय कारगार नुवाकोटमा कायम गरिएको अस्थायी मतदान केन्द्रमा रहेका कैदीवन्दी एक सय ३२ र तीन जना मतदान कर्मचारीले  मतदान गरेका हुन् ।  उक्त कारागारमा रहेका कैदीवन्दीहरुका लागि कारागारमै अस्थायी मतदान केन्द्र कायम गरिएको थियो । 
तीन घण्टामै सो मत खसेको  निर्वाचन अधिकृत मानबहादुर मानन्धरले जानकारी दिए ।

उनका अनुसार मतदान ९५ प्रतिशत भएपछि निर्वाचन आयोगको निर्देशन अनुसार कार्य सम्पादन गरिएको छ । केन्द्रीय कारगार नुवाकोटमा एकसय ४२ जना कैदीवन्दी र अन्य तीन जना अस्थायी मतदाता नामावलीमा नाम समावेश रहेका कर्मचारीसमेत गरि एक सय ३५ जनाले मतदान गरेका हुन् ।  निर्वाचन अधिकृत मानन्धरका अनुसार मतपेटिका भने वेलुकी ५ वजेसम्म नै मतदान केन्द्रमा राखिने छ । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.