धादिङ -१ मा रास्वपाकी आशिका तामाङको अग्रता
धादिङ : प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा धादिङ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार आशिका तामाङले सुरुवाती अग्रता लिएकी छन्।
विशेषगरी गल्छी गाउँपालिका वडा नम्बर ५ को मत परिणाम सार्वजनिक भएसँगै तामाङले आफ्ना प्रतिस्पर्धीहरूलाई निकै पछाडि छाडेकी छन्।
गल्छी–५ को पछिल्लो मत गणना अनुसार रास्वपाकी आशिका तामाङले ५५४ मत प्राप्त गरेकी छन्। त्यसैगरी नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार राजेन्द्र पाण्डे ले ३३६ मत पाएका छन्।
नेकपा एमालेका भूमि त्रिपाठी ले २९५ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका कृष्ण रिजाल ले १०४ मत पाएका छन्।
मतगणना अहिले पनि जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। सामाजिक अभियन्ताका रूपमा चिनिएकी तामाङले राजनीतिमा प्रवेश गरेसँगै धादिङ १ मा परम्परागत दलहरूलाई कडा चुनौती दिएकी छन्।
प्रतिक्रिया दिनुहोस !