बारा ४ मा रास्वपा उम्मेदवार रहबर अंसारीको अग्रता
सिमरा : बारा क्षेत्र नम्बर ४ अन्तर्गत कलैया उपमहानगरपालिका १७ को मत गणना सम्पन्न भएको छ । मतगणना अनुसार रास्वपाका उम्मेदवार रहबर अंसारीले ९१८ मत पाएका छन् ।
यसैगरी नेकपा एमालेका उम्मेदवार किसान श्रेष्ठले ३२७,जनमत पार्टीका हसनजान मियाले ११४, जसपा नेपालका सन्जु साह कानुले ६१, नेपाली कम्युनिस्ट पार्टीका अजय कुशवाहाले ५४, नेपाली कांग्रेसका श्यामबाबु गुप्ताले ५२ मत पाएका छन् ।
उक्त वडाको तीनवटा मतदान केन्द्रमा १७०४ मत खसेको थियो । जसमध्ये ११६ मत बदर भएको छ ।
प्रतिक्रिया दिनुहोस !