प्रदेशसभा त्यागेका रहबर प्रतिनिधिसभा सदस्यमा निर्वाचित

प्रदेशसभा त्यागेका रहबर प्रतिनिधिसभा सदस्यमा निर्वाचित
सुन्नुहोस्

सिमराः मधेश प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएर चुनाव लडेका रबहर अन्सारी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। अंसारी बारा ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

अन्सारीले २०७९ सालमा यसै क्षेत्रबाट निर्वाचित सांसद एवम् पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ किसानलाई २९ हजार पाँच सय ६१ मतको मतान्तरले निर्वाचित भए। अन्सारीले ४१ हजार दुई सय मत प्राप्त गर्दा ११ हजार ६ सय ३९ मत पाएका छन्।

श्रेष्ठ यसअघि २०७९ सालको निर्वाचनमा १० हजारभन्दा बढीको मतान्तरले जितेका थिए। श्रेष्ठलाई यस पटक भने नेकपा माओवादी केन्द्र परित्याग गरी रास्वपाबाट चुनाव लडेका अन्सारीले चुनौती दिए।

अन्सारी २०७९ सालको निर्वाचनमा पर्सा क्षेत्र नं. १(१)बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। नेकपा माओवादी केन्द्रबाट निर्वाचित अन्सारी प्रदेशसभाबाट राजीनामा दिँदै रास्वपा प्रवेश गरेर चुनाव लडेका हुन्।

उनले प्रदेशसभामा माओवादी केन्द्रबाट विद्रोह गर्दा मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत पाएनन्। जसका कारण मुख्यमन्त्री सोनलले राजीनामा दिनुपरेको थियो। उनै अन्सारी मुख्यमन्त्री सोनल मतदाता रहेको निर्वाचन क्षेत्रमा आएर चुनाव लड्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए।

अन्सारीलाई बारा ४ का निर्वाचन अधिकृत गम्भीर घिमिरेले निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेका थिए। उक्त अवसरमा बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्र, प्रहरी उपरीक्षक नरेन्द्र कुँवर, प्रहरी उपरीक्षक रामेश्वर पौडेल, प्रमुख सेनानी गिरीराज गौतम, सशस्त्र प्रहरी उपरीक्षक विशाल सिलवाल, इलाका प्रशासन कार्यालय सिमराका प्रमुख राजेन्द्र कँडेल, इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दिलिप क्षेत्री लगायतले बधाई ज्ञापन गरेका थिए।  

निर्वाचित भएको प्रमाणपत्र बुझेपछि प्रतिक्रिया दिँदै अन्सारीले बढी भन्दा बढी सिट चुनाव जित्ने लक्ष्यअनुरुप आफू बारा आएको बताए। अन्सारीले फराकिलो मतान्तरले चुनाव जित्ने अपेक्षा अनुसार नै नतिजा आएको बताए।

मतगणना सुरु भएदेखि अन्सारीले अग्रता लिएका थिए। उक्त क्षेत्रमा रहेको ३८ वडामध्ये ३६ वटा वडामा अन्सारीले अग्रता लिए भने दुई वटामा एमाले उम्मेदवार श्रेष्ठले अग्रता लिए। अन्य पार्टीका उम्मेदवार झनै कमजोर देखिए।

जसपा नेपालका उम्मेदवार सन्जु साह कानुले सात हजार पाँच सय ९३, नेपाली कांग्रेसका उम्मेदवार श्यामबाबु गुप्ताले सात हजार एक सय १३, नेपाली कम्युनिष्ट पार्टीका अजय कुशवाहाले दुई हजार ६७ मत पाएका छन्।  
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.