धादिङ–२ मा रास्वपाका बोधनारायण श्रेष्ठ विजयी
धादिङ : धादिङ निर्वाचन क्षेत्र नम्बर-२ रास्वपाका बोधनारायण श्रेष्ठ विजयी भएका छन्। उनले २६ हजार १४३ मत प्राप्त गरेका छन्।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रमेश प्रसाद धमलाले २० हजार २७८ मत ल्याएका छन्। यसैगरी नेकपा एमालेका धनबहादुर घलेले १० हजार ८४ मत प्राप्त गर्दा रामबहादुर भण्डारीले ९ हजार ३७ मत प्राप्त गरेका छन्।
धादिङ–२ लामो समयदेखि कांग्रेस र एमालेको प्रभाव क्षेत्र रहँदै आएको थियो।
प्रतिक्रिया दिनुहोस !