बारा ४ मा कांग्रेस, नेकपासहित ३४ उम्मेदवारको जमानत जफत

बारा ४ मा कांग्रेस, नेकपासहित ३४ उम्मेदवारको जमानत जफत
सुन्नुहोस्

सिमराः बारा क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्य पदको चुनाव लडेका ३७ मध्ये ३४ उम्मेदवारको जमानत जफत भएको छ। प्रतिनिधिसभा निर्वाचन निर्देशिका २०८२ को परिच्छेद १० बमोजिम सदर मतको १० प्रतिशत मत प्राप्त नगर्ने ३५ उम्मेदवारको जमानत जफत भएको हो।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा १८ जनाले राजनीतिक दल र १९ जनाले स्वतन्त्र उम्मेदवारी दिएका थिए। जसमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीका रहबर अंसारी, नेकपा एमालेका उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान), जसपा नेपालका सन्जु साह कानुले मात्रै जमानत जोगाउन सफल भए।
 

बारा क्षेत्र नं. ४ मा खसेको कुल ८० हजार ६ सय ७८ मतमध्ये ७४ हजार ६ सय ३७ मत सदर भएको थियो। जमानत जोगाउन सदर मतको १० प्रतिशत प्राप्त गर्नुपर्ने प्रावधान अनुसार उम्मेदवारले सात हजार चार सय ६४ मत प्राप्त गर्नुपर्ने हुन्छ। तर रास्वपा, एमाले र जसपा नेपालबाहेक अन्य उम्मेदवारले उक्त मत कटाउन सकेनन्।
 
मतगणनाअनुसार नेपाली कांग्रेसका उम्मेदवार श्यामबाबु गुप्ताले सात हजार एक सय १३, नेपाली कम्युनिस्ट पार्टी अजय कुशवाहाले दुई हजार ६७, राष्ट्रिय एकता दलका विनय यादवले एक हजार २६, आम जनता पार्टीका उमेश कुशवाहाले आठ सय ३३ मत, राष्ट्रिय प्रजातन्त्र पार्टी दिलीप शर्मा नेपालले आठ सय ९ मत, राष्ट्र निर्माण दल नेपालका समिम मियाले चार सय ८१ मत, राष्ट्रिय परिवर्तन पार्टीका सर्वेन्द्र खनालले चार सय ६४ मत पाएका थिए। 

जनमत पार्टीका हसनजान मियाँले चार सय ३७, उज्यालो नेपालका सन्तोषकुमार गुप्ताले दुई सय २०, श्रम संस्कृति पार्टीका गोपालबहादुर खत्रीले एक सय ४४ मत, राष्ट्रिय जनमोर्चाकी सरस्वती उपाध्याले ५० मत प्राप्त गरेका थिए। तीन उम्मेदवारबाहेक अन्य सबैको जमानत जफत हुने निर्वाचन अधिकृत गम्भीर घिमिरेले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.