बारामा रास्वपाको 'क्लिन स्वीप'
सिमरा : बारा क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार चन्दन कुमार सिंह विजयी भएका छन्। सिंह २१ हजार तीन सय ९४ मतान्तरले विजयी भएका हुन् ।
सिंहले ३५ हजार पाँच सय ९० मत प्राप्त गर्दा उनका निकटम प्रतिस्पर्धी जसपा नेपालका रामकिशोर यादवले १४ हजार एक सय ९६ मत प्राप्त गरेका छन्।
यसैगरी नेपाली कांग्रेसका भैयाराम यादवले ११ हजार आठ सय ३७, नेकपा एमालेका बलबीर चौधरीले सात हजार दुई सय १३, प्रगतिशील लोकतान्त्रिक पार्टीका शिवचन्द्र कुशवाहाले एक हजार तीन सय ९६, नेपाली कम्युनिस्ट पार्टीका रमेशकुमार यादवले ९ सय १०, जनमत पार्टीका राजेश साहले ६ सय ६८ मत प्राप्त गरेका छन् ।
यो सँगै बारामा रास्वपाले 'क्लिन स्वीप' गरेको छ। चार निर्वाचन क्षेत्रमध्ये रास्वपाले यसअघि तीन वटा निर्वाचन क्षेत्रमा जित हात पारिसकेको थियो ।
रास्वपाका उम्मेदवार गणेश धिमाल बारा क्षेत्र नम्बर १, अरविन्द साह क्षेत्र नम्बर ३ र रहबर अन्सारी क्षेत्र नम्बर ४ बाट निर्वाचित भइसकेका छन् । धिमालले ३९ हजार ९ सय ९८, साहले ४० हजार ६ सय ९७ र अन्सारीले ४१ हजार दुई सय मत प्राप्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस !