जेन–जी आन्दोलनको प्रतिवेदन आज बुझाउँदै कार्की आयो

जेन–जी आन्दोलनको प्रतिवेदन आज बुझाउँदै कार्की आयो
सुन्नुहोस्

काठमाडौं :  भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले आइतबार सरकारलाई प्रतिवेदन बुझाउने भएको छ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा बनेको आयोगले आइतबार बिहान ११ बजे प्रतिवेदन बुझाउने समय तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार राम रावलले जानकारी दिए। आयोगको समयावधि पनि आइतबार नै सकिँदैछ। अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषदले असोज ५ गते आयोग गठन गर्ने निर्णय गरेको थियो।

सरकारले आयोगको प्रतिवेदन तत्कालै कार्यान्वयनमा लैजाने तयारी गरेको छ। ‘अब बस्ने मन्त्रिपरिषद् बैठकले प्रतिवेदन सार्वजनिक गर्नेबारे निर्णय गर्न सक्छ,’ रावलले अन्नपूर्णसँग भने। प्रधानमन्त्री कार्कीले सार्वजनिक रूपमै सरकारले दण्डहीनतालाई प्रश्रय दिने काम नगर्ने 

बताएकी थिइन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.