चुनावको ‘मौका छोप्दै’ त्रिशूली किनारमा अवैध उत्खनन, प्रशासन मौन

चुनावको ‘मौका छोप्दै’ त्रिशूली किनारमा अवैध उत्खनन, प्रशासन मौन
सुन्नुहोस्

धादिङ : धादिङको सिद्धलेक गाउँपालिका–६, परेवाटारमा सिङ्गो मुलुक प्रतिनिधि सभा निर्वाचनको परिणामको प्रतिक्षामा रहेको बेला, राजनीतिक व्यस्तता र प्रशासनिक ध्यान अन्यत्र मोडिएको मौका छोपी त्रिशूली नदी किनारमा अवैध नदीजन्य पदार्थको दोहन तीव्र बनेको छ ।

नेपाल सरकारको कानुन र सर्वोच्च अदालतको स्पष्ट आदेशअनुसार नदीको सतहमा मेशिन (डोजर वा स्काभेटर) प्रयोग गरी उत्खनन गर्नु पूर्णतः निषेध गरिएको छ । तर, सिद्धलेक गाउँपालिका–६ मा दिनदहाडै स्काभेटर प्रयोग गरी त्रिशूली नदीको बगर, ढुंगा, गिटी र बालुवा उत्खनन भइरहेको छ । यसलाई टिफर र ट्रयाक्टरमा लोड गर्ने दृश्य जो कोहीले सहजै देख्न सक्छ ।

स्थानीयहरूले आरोप लगाएका छन् कि–यस अवैध दोहनमा गाउँपालिकाको प्रत्यक्ष संलग्नता वा कम्तीमा मौन समर्थन रहेको देखिन्छ । प्रहरी र प्रशासनिक कार्यालय नजिक भए पनि यस क्षेत्रमा भइरहेको संगठित उत्खननप्रति उनीहरूको मौनता ‘सेटिङ’ को आशंका बलियो बनाएको छ ।

एक स्थानीयले नाम नखुलाउने शर्तमा भने, ‘गाउँपालिकाले आफैं नियम मिचेर दोहन बढावा दिइरहेको छ, अनि प्रहरी–प्रशासन टुलुटुलु हेरेर बसिरहेका छन् । कानुनको पालना गराउनु पर्ने निकायहरूले नै तस्करहरूसँग मिलेर राज्यको प्राकृतिक स्रोत लुट्न सक्रिय हुनु दुःखद छ । ’
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.