टालटुलेले समाधान दिन्न

टालटुलेले समाधान दिन्न

चुनाव परिणामबाट यसपटक सबैभन्दा बढी नेकपा (एमाले)ले गुमाएको छ। त्यसैले अध्यक्ष केपी ओलीको नेतृत्वउपर प्रश्न उठ्नु आश्चर्य होइन। बरु ओलीको कुनै चुनावी नारा र आह्वान बिना निर्वाचनमा होमिने पार्टीकै सहकर्मीहरू ढुंगामा बजारिएपछि मात्र सल्बलाउनु भने आश्चर्य हो।

सतहमुनि, आफ्नै पाइतालामुनि तीव्र गतिमा बगिरहेको चुपचाप घण्टीमा छापको वेग तीव्र थियो। यसको तरंग माथिल्लो ओहोदाधारीदेखि थरीथरीका फुलीधारीहरूले फागुन २१ गतेसम्म थाहा नपाएजस्तो गर्नु पनि आश्चर्य नै होला। मध्य चुनावमा पार्टी र उम्मेदवारहरू विवश भएर लतारिँदै जेसुकै होस् भन्ने हतासको मनस्थितिमा पुगेका थिए। 

यो परिणामसँगै एमालेभित्र भुसको आगो बल्न थालेको अनुमान गर्न सकिन्छ। मतदातासँग जोडिएका कार्यकर्तापंक्तिमा राप उत्पन्न भएको छ। मतदाता हाकाहाकी भन्दैछन्, ‘जोसुकैलाई गुण्डुदेखि सोझै उम्मेदवार बनाएर पठाउने प्रवृत्तिविरुद्ध हामीले हात बिगा¥यौं। पहिलेदेखि भोट दिएको पार्टीलाई यसपटक मतदान नगर्नुलाई हात बिगारेको भन्ने शब्दावलीमा अभिव्यक्त गर्दैछन्। एमाले इतिहासै यति निम्छरो कहिल्यै भएको थिएन। तर, ओलीलाई यो कमजोर एमालेको छाताको पनि ठूलो भरोसा लागेको छ भन्ने बुझ्न गाह्रो छैन। त्यसैले तत्कालीन एमाले नेता माधव नेपालले ०६४ सालको निर्वाचनमा भीषण पराजय भोगेपछि दिएको राजीनामाको सम्झना गर्नु अहिले सान्दर्भिक हुँदैन। 

पराजयको तोडमा तत्काल भावनात्मक रूपमा नेत्रलाल अभागीको ‘सतिसाल मात्र ठिङ उभिन्छ, हामी त सतिसाल हौं’ भन्नु स्वाभाविक होला। ‘हामी धुलो टकटक्याउँदै फेरि उठ्छौं’ भन्नु आफैंलाई सान्त्वना दिनुमात्र हो। अध्यक्ष ओलीले यो पराजयलाई सामान्यीकरण गर्न खोज्नु स्वाभाविकै हो। तर, सामान्य टालटुलबाट अब समाधान देखिँदैन। यसले एमाले उठ्न त के घस्रिन पनि सक्ने छैन। 

जस्तो किसिमको आमूल परिवर्तन आवश्यक देखिन्छ, त्यस्तो कदम उठाउन ओली एक्लै मात्र होइन, अन्य सहकर्मीहरू पनि सक्षम हुनैपर्छ। अध्यक्षको पद त्यागका स्वाभाविक आवाजहरू उठ्ने नै भए। अन्य दलमा पनि उठेकै छन्। निर्वाचनपछि मात्र झस्किएको नेतृत्वपंक्तिका लागि पद त्याग गर्नुपर्नेसहित पार्टी सुधारको प्रयत्न अघि बढाउन ज्यादै कठिन छ। त्यसैले ती पंक्तिसँग मतदाताको आशा धेरै छैन। अवस्था यति बिग्रिसकेको छ, मतदाताबाट विश्वास हराएको छ। कार्यकर्तामा मनोवल र उत्साह पटक्कै छैन। 

विचार, योजना र दृष्टिकोणमा विमर्श गर्ने प्रचलन हराइसकेको पार्टीमा नेतृत्वपंक्तिको निर्माण नै अस्वाभाविक रूपमा भएको थियो। त्यसैले यो चुनावसम्मका घटनाक्रममा, अझ जेन–जी जागरणका सन्दर्भमा ओलीको असंवेदनशील अडानको पछिपछि लुरुलुरु हिँड्ने अहिलेको एमाले नेतृत्वपंक्तिमा ज्वालामुखी फुटेछ भन्ने अचम्म हुनेछ। तर, त्यो सम्भावना कुर्नेहरू पनि छन्। 

अनि अर्को सम्भावना छ, यो निर्वाचनले एमालेको ब्रान्ड यति फितलो बन्न पुगेको छ, कम्युनिस्ट आन्दोलनको पुनर्गठनको ध्येय अघि सार्दै एमाले बाहिरबाटै स्वच्छ छवि भएका युवाहरूले पहल सुरु गरे भने राजनीतिक ध्यानाकर्षण गर्न सक्छन्। ओली बिनाको एमालेको कल्पना नगर्नेहरूको स्वर निर्वाचन परिणामले धुमिल पारेको छ। 

अर्याल त्रिभुवन विश्वविद्यालय, पत्रकारिता तथा आमसञ्चार विभाग प्रमुख हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.