रौतहटमा दलितमाथि सामुहिक कुटपिट प्रकरण : आठ जनाबिरुद्ध मुद्दा दर्ता, एक पक्राउ

रौतहटमा दलितमाथि सामुहिक कुटपिट प्रकरण : आठ जनाबिरुद्ध मुद्दा दर्ता, एक पक्राउ

रौतहट : रौतहटको फतुवा विजयपुर नगरपालिका–५ सन्तपुरस्थित दलित टोलमा दुई महिलासहित ६ जनामाथि भएको सामुहिक आक्रमणको घटनामा प्रहरीले आठ जनाबिरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा चलाएको छ । 

फागुन १९ गतेको घटनामा पीडित बिर्जाराम चमारको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख, प्रहरी उपरीक्षक सीताराम रिजालको निर्देशनपछि इलाका प्रहरी कार्यालय विजयपुर, लक्ष्मीनियाले बुधबार आठ जनाविरुद्ध मुद्दा दर्ता गरेको हो ।

दलित परिवारमाथि सामुहिक रुपमा आक्रमण गर्ने कार्यमा संलग्न रहेको आरोपमा पसिन्द्र यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ भने उक्त घटनाम संलग्न  अन्य आरोपीहरू भुनेश्वर यादव, नितेश यादव, जगु यादव (नगेन्द्र यादव), सुखारी यादव, गिरधारी यादव, नबिन कुमार यादव र जयप्रकाश यादव भने फरार छन् ।

फरारहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका पसिन्द्र यादवलाई इलाका प्रहरी कार्यालय विजयपुरको हिरासतमा राखिएको छ । स्थानीयबासीले घटनाको सुरुवाती चरणमा प्रहरीले निष्पक्ष अनुसन्धान नगरी उल्टै पीडित पक्षलाई  दुःख दिएको आरोप लगाउँदै इलाका प्रहरी कार्यालय विजयपुर लक्ष्मीनियाका प्रहरी निरीक्षक सुरेन्द्र यादवको भूमिकामाथि प्रश्न उठाउदै उनीमाथि जातीय प्रभावमा परेर पीडितलाई न्याय नदिएको आरोप लगाएका थिए ।
null


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.