जनताका समस्या र गुनासा सुन्दै महर

जनताका समस्या र गुनासा सुन्दै महर
सुन्नुहोस्

बझाङ : प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि ऐन महरले पहिलोपटक जिल्लास्थित सरकारी कार्यालय प्रमुखहरूसँग छलफल गरेका छन्। बुधबार जिल्ला प्रशासन कार्यालयमा आयोजित परिचयात्मक कार्यक्रममा महरले विभिन्न सरकारी कार्यालय प्रमुखसँग भेट गर्दै कार्यालयले दिइरहेका सेवा, भौतिक पूर्वाधार, जनशक्ति अवस्था र कामका चुनौतीबारे जानकारी लिए।

छलफलमा कार्यालय प्रमुखले भवन अभाव, कर्मचारी अभाव र सीमित स्रोत–साधनका कारण सेवा प्रवाहमा कठिनाइ भइरहेको बताए। कार्यक्रममा बोल्दै महरले आफू प्रत्यक्ष बजेट वितरण गर्ने निकाय नभए पनि संसदमार्फत नीति निर्माण, बजेट व्यवस्थापन र कर्मचारी दरबन्दीका विषयमा पहल गर्ने बताए। उनले सरकारी कार्यालयहरूलाई जिल्लाको विकासको आधार मान्दै तिनका समस्या समाधानका लागि सम्बन्धित मन्त्रालयसँग समन्वय गर्ने बताए।

छलफलका क्रममा प्रमुख जिल्ला अधिकारी अनिल कुमार केसरीले हालः बैतडीमा रहेको सडक डिभिजन कार्यालयको सेवा क्षेत्र बझाङमा पनि विस्तार गरी यहाँ कार्यालय स्थापना गर्न आवश्यक रहेको बताए। त्यस्तै सहायक प्रमुख जिल्ला अधिकारी जोशीले लामो समयदेखि विवादमा रहेको इलाका प्रशासन कार्यालय स्थापनासम्बन्धी विषय छिटो टुङ्गोमा पुर्‍याउन पहल गर्न आग्रह गरिन्। 

डिभिजन वन कार्यालय प्रमुख सम्भु तिवारीले कार्यालय भाडाको पुरानो भवनमा सञ्चालन भइरहेको र दरबन्दीअनुसार कर्मचारी अभाव हुँदा काममा समस्या भइरहेको बताए। त्यसैगरी जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा डीएसपी खगेन्द्र धमलाले जिल्लाका विभिन्न स्थानमा प्रहरी चौकी सञ्चालनका लागि भवन अभाव रहेको र हाल प्रयोग भइरहेका भवनसमेत जीर्ण अवस्थामा रहेको बताए। कार्यक्रमपछि प्रतिनिधिसभा सदस्य महर मतदाता भेटघाट तथा धन्यवाद कार्यक्रमका लागि थलारा गाउँपालिकातर्फ प्रस्थान गरेका छन्। यसअघि उनले तल्कोट गाउँपालिका र मष्टा गाउँपालिकामा पुगेर मतदातालाई धन्यवाद दिएका थिए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.