वडाअध्यक्ष आलेको निधनमा गाउँपालिकामा सार्वजनिक बिदा
स्याङ्जा : स्याङजाको बिरुवा गाउँपालिकाका वडाअध्यक्ष नविनकुमार आलेको निधनप्रति गाउँपालिकाले बिहीवार सार्वजनिक बिदा दिएको छ ।
वडा–८ का अध्यक्ष आलेको निधनप्रति शोक व्यक्त गर्दै निधनप्रति शोकपत्र जारी गर्दे गाउँपालिकाका अध्यक्ष सूर्य कुँबरले पालिका, वडा, स्वास्थ्य, शिक्षा, संस्था, बैंक तथा वित्तीय संस्था लगायत सबै सार्वजनिक संघ–संस्थामा सार्वजनिक बिदा दिइने निर्णय गरेको छ । आलेको पोखरास्थित आस्था अस्पतालमा उपचारका क्रममा बुधबार बिहान निधन भएको थियो ।
केही दिनअघि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । आलेको बुधवार साँझ नै गाउँपालिका–१ स्थित दिधारघाटमा सयौंको उपस्थितिमा अन्तिम संस्कार गरिएको अध्यक्ष कुँबरले जानकारी दिए । २०७९ सालको निर्वाचनमा सोही वडामा एमालेका तर्फबाट निर्वाचित उनी नेकपा एमाले बिरुवा गाउँ कमिटी पूर्व उपसचिव पनि हुन ।
प्रतिक्रिया दिनुहोस !