इरानका नयाँ सर्वोच्च नेताले पहिलो सन्देशमा दिए बदला र युद्धको चेतावनी

इरानका नयाँ सर्वोच्च नेताले पहिलो सन्देशमा दिए बदला र युद्धको चेतावनी

तेहरान : इरानका नवनियुक्त सर्वोच्च नेता आयातोल्लाह मुज्तबा खामेनीले पदभार ग्रहण गरेपछि आफ्नो पहिलो औपचारिक सन्देश जारी गर्दै कडा रणनीति सार्वजनिक गरेका छन्। उनले विश्वकै महत्त्वपूर्ण व्यापारिक मार्ग 'हर्मुज जलडमरुमध्य' तत्काल नखोलिने घोषणा गर्दै शत्रु देशहरूमाथि दबाब बढाउने  घोषणा गरेका हुन् ।

आफ्नो विशेष सन्देशमा सर्वोच्च नेता खामेनीले पश्चिम एसिया (मध्यपूर्व)क्षेत्रमा रहेका अमेरिकी सैन्य अखडाहरू तत्काल बन्द गर्न चेतावनी दिएका छन्। यदि अमेरिकी सेना फिर्ता नभएमा ती अखडाहरूमाथि इरानले निरन्तर आक्रमण गरिरहने उनको भनाइ छ।

उनले आफ्ना सबै छिमेकी मुलुकसँग इरानले मित्रता चाहेपनि ती मुलुकमा रहेका अमेरिकी सैन्य अखडामा आक्रमणलाई निरन्तता दिने उल्लेख गरेका छन् । राष्ट्रिय एकतालाई मजबुत बनाउन आग्रह गर्दै सर्वोच्च नेता खामेनीले आफ्नो देशका लागि ज्यान दिने शहीदको रगतको बदला लिइने दृढता व्यक्त गरेका छन् ।

उनले सन्देशमा पछिल्लो समयको दबाब र बाह्य आक्रमणका बीच देशको रक्षा गर्न सफल भएकोमा इरानी सेनालाई विशेष धन्यवाद दिएका छन्। साथै, अबको युद्धमा इराक र यमनमा रहेका लडाकु समूहहरू (प्रोक्सी नेटवर्क) पनि प्रत्यक्ष सहभागी हुने घोषणा गर्दै उनले युद्धको दायरा बढ्न सक्ने संकेत गरेका छन्।

सर्वोच्च नेताले जारी युद्धका क्रममा इरानले बेहोर्नु परेको भौतिक तथा मानवीय क्षतिको मुआब्जा (क्षतिपूर्ति) विपक्षी पक्षबाट लिइनुपर्ने माग समेत अघि सारेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.