११ किलो गाँजासहित दुई भारतीय पक्राउ

११ किलो गाँजासहित दुई भारतीय पक्राउ
सुन्नुहोस्

विराटनगर : प्रहरीले विराटनगर महानगरपालिका–३ बाट गाँजासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । शुक्रबार दिउँसो करिब १ बजे शंकास्पद रूपमा पैदल हिँडिरहेका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

पक्राउ पर्नेमा भारतको अररिया जिल्ला घर भएका १८ वर्षीय पृथ्वीकुमार सिंह र २२ वर्षीय कृष्णकुमार सिंह रहेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङबाट सई सुवास अधिकारीको नेतृत्वमा खटिएको टोलीले उनीहरूलाई चेकजाँचका लागि रोकेको थियो । 

उनीहरुको साथमा रहेको निलो झोला खानतलासी गर्दा भित्र लुकाएर राखिएको ११ किलो गाँजा बरामद भएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी लीलाराज लामिछानेले बताए । बरामद गाँजासहित दुवै जना भारतीय युवालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको जानकारी उनले दिए ।

प्रहरीका अनुसार उनीहरूले गाँजा कहाँबाट ल्याएका हुन् र कता लैजान लागेका थिए भन्ने विषयमा यकिन भइसकेको छैन । प्रारम्भिक रूपमा भारततर्फ लैजान खोजिएको हुनसक्ने अनुमान गरिएको छ । उनीहरुविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.