इरान युद्धमा पानी ‘युद्ध हतियार’ बन्न सक्छ ?
इरान : त्रासदीपूर्ण भविष्य देखाउने उपन्यास र चलचित्रहरूमा प्रायः रित्तिँदै गएको प्राकृतिक स्रोतका कारण उत्पन्न हुने युद्धका दृश्य देखाइन्छन् । अहिले मध्यपूर्वमा बढ्दो तनाव हेर्दा त्यस्तो कल्पना वास्तविकतासँग नजिकिँदै गएको जस्तो देखिन थालेको छ ।
विशेषगरी इरान, अमेरिका र इजरायलबीचको तनाव चर्किदै जाँदा कतिपय विश्लेषकहरूले अर्को सम्भावित जोखिमको रूपमा ‘पानी’ लाई पनि औंल्याउन थालेका छन् । दीर्घकालदेखि यस क्षेत्रका भू–राजनीतिक तनावको केन्द्रमा तेल रहँदै आएको छ । पश्चिमी हस्तक्षेपदेखि क्षेत्रीय प्रतिष्पर्धासम्म धेरै द्वन्द्व तेलसँग जोडिएका छन् । तर अहिलेको द्वन्द्व अझ व्यापक बनेर छिमेकी खाडी राष्ट्रहरू समेत प्रभावित हुन सक्ने आशंकासँगै पानीको सुरक्षाबारे नयाँ बहस सुरु भएको छ ।
सीमित पानी, बढ्दो निर्भरता
ओमानमा यो अनुपात करिब ८६ प्रतिशत, साउदी अरबमा ७० प्रतिशत र संयुक्त अरब इमिरेट्समा ४२ प्रतिशत छ । ओमानका जल तथा जलचर विज्ञ डा. विल केनका अनुसार सन् २०२१ मा खाडी राष्ट्रहरूका डीस्यानिलेशन प्लान्टहरूले दैनिक करिब दुई करोड घनमिटर पानी उत्पादन गरेका थिए । यो परिमाण करिब ८ हजार वटा पौडी पोखरी भर्न पुग्ने पानी बराबर हो ।
जमिनमुनिको पानी पनि घट्दो
यस क्षेत्रमा जमिनमुनिको पानीको भण्डार पनि तीव्र रूपमा घट्दै गएको छ । त्यसका कारण कृषि तथा खाद्य उत्पादनका लागि समेत समुद्री पानी प्रशोधन गरेर बनाइने पानीमा निर्भरता बढ्दै गएको छ ।
तर यही निर्भरता नयाँ जोखिम पनि बनेको छ । समुद्री पानी प्रशोधन गर्ने संयन्त्रहरू अत्यन्तै महत्त्वपूर्ण पूर्वाधार भएकाले कुनै सैन्य द्वन्द्वका क्रममा ती लक्ष्य बन्न सक्ने सम्भावना विश्लेषकहरूले औंल्याएका छन् ।
यदि यस्तो पूर्वाधारमा आक्रमण भयो भने केही देशमा खानेपानीको आपूर्ति तुरुन्तै प्रभावित हुन सक्छ । त्यसैले कतिपय सुरक्षा विज्ञहरूका अनुसार भविष्यका द्वन्द्वहरूमा पानीको पहुँच वा आपूर्ति आफैं रणनीतिक दबाबको साधन बन्न सक्ने जोखिम बढ्दै गएको छ । यसरी, तेलपछि पानी पनि मध्यपूर्वको सुरक्षा र भू–राजनीतिमा महत्वपूर्ण कारक बन्ने सम्भावनाबारे बहस तीव्र हुँदै गएको देखिन्छ ।
प्रतिक्रिया दिनुहोस !