इनिशा विकलाई न्याय माग्दै रौतहटमा प्रदर्शन

इनिशा विकलाई न्याय माग्दै रौतहटमा प्रदर्शन
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

रौतहट : सुर्खेतको वीरेन्द्रनगरस्थित जनजागरण सामुदायिक वनमा बलात्कारपछि हत्या गरिएकी १६ वर्षीया इनिशा विकलाई न्याय दिलाउन माग गर्दै रौतहटमा प्रदर्शन भएको छ । घटनाप्रति आक्रोश व्यक्त गर्दै युवाहरूले दोषीलाई कडा कारबाहीको माग गर्दै सडकमा हरेक दिन  प्रदर्शन गर्दै आएका छ्न् । 

युवाहरूले 'इनिशालाई न्याय दे', 'बलात्कारीलाई फाँसी दे', 'महिला अधिकारको रक्षा गर'लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर सरकारलाई खबरदारी गरिरहेका छ्न् । प्रदर्शनकारीहरूले घटनामा संलग्न दोषीलाई छिटोभन्दा छिटो कानुनी दायरामा ल्याई कडा सजाय दिनुपर्ने माग गर्दै सरकारको ध्यानाकर्षण गराएका थिए।

युवा अभियन्ता संजिप विश्वकर्माले नेपालमा यसअघि पनि महिला तथा बालिकामाथि हुने हिंसाका धेरै घटनामा पीडितले न्याय नपाएको उदाहरणहरू रहेको बताउदै दलितमाथीको  घटनामा न्याय नपाईने र यो अवस्था दोहोरिन सक्ने आशंका व्यक्त गर्दै दोषीलाई कुनै पनि बहानामा उम्काउन नहुने बताए।

ढिलो न्याय दिनु अन्याय सरह हुने भएकाले घटनाको निष्पक्ष र प्रभावकारी अनुसन्धान गरी दोषीलाई कडा कारबाही गर्नुपर्ने बिश्वकर्माले बताए ।  यस्ता घटनाहरू रोक्न सरकार, सुरक्षा निकाय र समाज सबै जिम्मेवार भएर लाग्नुपर्ने नागरिक समाजका अगुवाहरुको भनाइ छ । 

बलात्कार तथा महिला हिंसाका घटनामा संलग्न अपराधीलाई कानुन अनुसार कडा सजाय दिनैपर्ने साथै पीडितलाई न्याय दिलाउन राज्यले प्रभावकारी कदम चाल्नुपर्ने माग गर्दै हरेक दिन प्रदर्शन जारी रहेको छ ।  महिला तथा बालिकामाथि हुने हिंसाका घटनाविरुद्ध समाज एकजुट हुनुपर्ने आवश्यकता रहेको अधिवक्ता बिपीन गौतमको तर्क छ । 

सुर्खेतमा भएको उक्त घटनाले देशभर आक्रोश फैलाएको त छदै छ, घटनाले समाजको चित्र र सरकारको रबैया समेत प्रस्ट पारिदिएको गौतमले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.