महेश बस्नेतविरुद्ध अदालत अवहेलना विवादमा सर्वोच्चले माग्यो लिखित जवाफ
काठमाडौं :सर्वोच्च अदालतले नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध अदालतको अवहेलना विवादमा लिखित जवाफ पेश गर्न आदेश जारी गरेको छ। न्यायाधीश तिल प्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको संयुक्त इजलासले बस्नेतविरुद्ध लिखित जवाफ पेश गर्न आदेश दिएको हो।
अधिवक्ता लवन न्यौपानेले फागुन २७ गते बस्नेतविरुद्ध सर्वोच्च अदालतमा अवहेलनाको रिट दायर गरेका हुन्। अधिवक्ता न्यौपानेले अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा केन्द्रित रहेर अभिव्यक्ति दिएको भन्दै बस्नेतविरुद्ध रिट दायर गरेका हुन्।
प्रेस चौतारी नेपालले आयोजना गरेको (गत माघ ११ गते) एक कार्यक्रममा बस्नेतले प्रधानन्यायाधीशलगायतका न्यायाधीश ज्यूहरू लाग्दै नलागेको रोग लागेर गायब हुने,न्यायीक प्रक्रिया आतंकित भएर डराएर अथवा लोभ प्रलोभनमा परेर न्याय नदिने,दबाबमा पर्नेलगायत अभिव्यक्ति दिएको रिट निवेदनमा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस !