जमिनमुनि लुकेको समृद्धि

जमिनमुनि लुकेको समृद्धि

नेपाल प्राकृतिक स्रोतसाधनमा सम्पन्न राष्ट्र हो।त्यसको सदुपयोग र महत्व पनि त्यति नै छ।तर सदुपयोग र बेवास्ताको भन्ने आफ्नै कथा छ।एसियाकै ठूलो र परिचित दाङ उपत्यका प्राकृतिक स्रोत र साधनका दृष्टिमा ठूलै र सम्पन्न मानिन्छ।अझ छुट्टै पहिचान बोकेको नेपालकै एक सम्पन्न जिल्ला पनि हो यो।तर, यहाँका कैयौं प्राकृतिक स्रोतसाधन उपयोगविहीन छन्।

विशेषगरी, पेट्रोलियम पदार्थको सम्भावना, वर्षौंदेखि अध्ययन र उत्खननको पर्खाइमा छन्।इन्धन खानी, कोइला खानी चुनढुंगा खानी, फलाम खानी, जडीबुटीको मुख्य जिल्ला दाङ अझै पनि ‘सम्भावनाको खानी’मा सीमित छ।हो, जमिनमुनिको समृद्धिमा मात्र छ यो आजसम्म।ती स्रोतलाई आर्थिक समृद्धिको आधार बनाउन राज्यले जुन तत्परता देखाउनुपर्ने हो त्यो देखाएको छैन।सम्भावना पहिचान गर्ने र उपयोग गर्ने विषयमा राज्य अहिलेसम्म चुक्नु लाजमर्दो मात्र होइन, हास्यास्पद पनि हो।देशमै भएका प्राकृतिक स्रोतसाधनको उचित प्रयोग गर्न सकेमा मात्रै देश समृद्धिको बाटोमा लाग्ने छ।आयात घटाउने र स्थानीय स्रोतसाधन उपयोग गर्ने वातावरण निर्माण गर्न सकेमा राज्य आत्मनिर्भरको बाटोमा जाने निश्चित हुन्छ।

दैलेखमा भइरहेको पेट्रोलियम उत्खननको सफल परीक्षणले आत्मनिर्भरको संकेत गरेको छ, देशमा सकारात्मक सन्देश प्रवाह गरेको छ। त्यसैगरी, दाङको तुलसीपुर क्षेत्रमा रहेको खजिन इन्धन (पेट्रोलियम पदार्थ)को सम्भावनाको सफल अध्ययनलाई निष्कर्षमा पु¥याउँदा राष्ट्र नै समृद्धिको बाटोमा जाने निश्चित छ। जिल्लामा भएका चुनढुंगा खानीले यहाँको महत्व बढाएको छ।जसले तीनवटा सिमेन्ट उद्योग स्थापना गराएको छ। सयौं जनालाई रोजगारी सिर्जना गराएको छ। त्यसैगरी, पेट्रोलियम पदार्थको उत्खननलाई पूर्णता दिन सकेमा दशकौंसम्मको समस्या समाधान हुने प्रायः निश्चित छ।तुलसीपुरको बबई किनारा क्षेत्रसँगै दाङको विभिन्न स्थान, विशेषगरी गढवा र राजपुर क्षेत्रमा पेट्रोलियम पदार्थको सम्भावना उच्च रहेको अध्ययनहरूले देखाएका छन्।

यसलाई पूर्णता दिएर राज्यले यसको विकास र समृद्धिमा आशा देखाउनु पर्छ।जमिनमुनिको समृद्धिलाई बाहिर निकालेर देशको अर्थतन्त्रमा जोड्ने प्रक्रियामा सामेल गराइनु पर्छ। प्रारम्भिक सर्वेक्षणहरू फाइलमै सीमित हुँदा, वैदेशिक लगानी भित्र्याउने वा आफ्नै प्राविधिक क्षमता विकास गर्नेमा संघीय सरकार सधैं अलमलमा देखिन्छ। यो हुनुहुँदैन् । 

दाङको यो खानी अलपत्र हुनुले स्थानीयको अपेक्षामा मात्र ठेस पुर्‍याएको छैन, देशले दैनिक रूपमा अर्बौंको इन्धन आयात गर्दा व्यहोर्नु परेको व्यापार घाटा कम गर्ने अवसर पनि गुमाइरहेछ। दाङमा खजिन इन्धनमात्र होइन, चुनढुंगा, कोइला र अन्य बहुमूल्य खनिजका प्रशस्त खानीहरू छन्। यिनको सदुपयोग व्यवस्थापनमा पद्धतिको अभाव देखिएको छ।यसमा राज्य गम्भीर भएर लाग्नु आबश्यक छ। प्राकृतिक स्रोतको उचित व्यवस्थापन नहुनु भनेको भविष्यको पुस्तालाई यथास्थितिमा राख्नु हो।

दाङको तुलसीपुरको बखरियामा रहेका इन्धन खानीलाई पाँच दशकदेखि प्रचारमा मात्र सीमित बनाइनुहुँदैन्। यसलाई परिणाममुखी बनाइनुपर्छ।यसका लागि तीनै तहका सरकार क्रियाशील हुनुपर्छ। नीतिगत सुधार आवश्यक भए तत्काल गरिनुपर्छ।दैलेखको अनुभवलाई दाङमा पनि लागू गरी यस क्षेत्रको आशा परिणाममा परिणत गर्नुपर्छ। अलपत्र परेको जमिनमुनिको हीरालाई जमिनमाथि ल्याउनुपर्छ। देशलाई आत्मनिर्भर बनाउनुपर्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.