गोरखाबाट प्रतिनिधिसभामा चार सांसदले प्रतिनिधित्व गर्दै
गोरखा : गोरखाबाट अब प्रतिनिधिसभामा ४ जना सांसदले प्रतिनिधित्व गर्ने भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सांसदको सूचीबाट गोरखाका २ जना थपिएसँगै ४ पुगेको हो।
सो पार्टीले आयोगमा बुझाएको ५७ जनाको नाममा गोरखाका एलिजा गुरुङ र शोभा खनालको नाम पनि समेटिएको छ। खस आर्यबाट शोभा खनाल र आदिवासी जनजातिबाट एलिजा गुरुङको नाम समेटिएको रास्वपाको सचिवालयले जनाएको छ।
पार्टी स्थापनाकालदेखि नै सक्रिय रहेकी एलिजा गुरुङ धार्चे गाउँपालिका-२ केरौंजाकी हुन्। खनाल गण्डकी गाउँपालिका-५ दर्बुङकी हुन्। उनीहरू दुवैजना पार्टीको स्थापनाकालदेखि नै सक्रिय योगदान गरेका कार्यकर्ता भएका रास्वपाका जिल्ला सभापति सुवर्ण रोकाया क्षेत्रीले बताए।
यसअघि सोही पार्टीबाट प्रत्यक्षतर्फ गोरखा १ बाट सुधन गुरुङ र गोरखा २ बाट कवीन्द्र बुर्लाकोर्टी निर्वाचित भई संसद सदस्य बनिसकेका छन्।
प्रतिक्रिया दिनुहोस !