चिनियाँ राजदूतसँग राष्ट्रियसभाका अध्यक्षले भने- बीआरआई कार्यान्वयन हुन्छ

चिनियाँ राजदूतसँग राष्ट्रियसभाका अध्यक्षले भने- बीआरआई कार्यान्वयन हुन्छ

काठमाडौं : राष्ट्रियसभाका अध्यक्ष नारायण प्रसाद दाहालले चीनसँग भएको बीआरआई सम्झौता कार्यान्वयन हुने बताएका छन्। चिनियाँ राजदूत चाङ माओमिङसँगको भेटमा उनले चीनसँग भएका सहमतिहरू प्राथमिकताका साथ कार्यान्वयन हुने बताए।

फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्ण बहुमत ल्याएर सरकार बनाउने तयारी गरिरहेका बेला अध्यक्ष दाहालले बीआरआई कार्यान्वयन हुने जोड दिएका हुन्।

'चीनले नेपालको पूर्वाधार विकासलगायत आर्थिक, सामाजिक क्षेत्रमा गरेको सहयोग अतुलनीय छ। बिआरआईलगायत दुई देशबीच विभिन्न समयमा भएका समझदारी र सहमति प्राथमिकताका साथ कार्यान्वयन हुन्छ,' चिनियाँ राजदूतसँगको छलफलमा उनले भने। 

नेपाल र चीनबीच फ्रेमवर्क फर बीआरआई कोअपरेसनअन्तर्गत १० वटा परियोजनामा हस्ताक्षर भएको थियो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा बीआरआई सहकार्यको फ्रेमवर्कसहित विभिन्न क्षेत्रमा सहकार्यको सम्झौता भएको थियो। ती परियोजनामध्ये केही ऋण र केही अनुदानमा हुने बताइए पनि कार्यान्वयनको चरणमा प्रवेश गरिसकेको छैन।

अध्यक्ष दाहालले नेपाल सधैं एक चीन नीतिप्रति प्रतिबद्ध रहेको स्मरण गराएका थिए। आगामी दिनमा पनि नेपालको संविधान, असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्त अनुसार नै अगाडि बढ्ने उनको भनाइ थियो। भेटमा दुई देशबीचको सम्बन्ध, संसदीय सहकार्य, आपसी सहयोग र समसामयिक सन्दर्भमा छलफल भएको दाहालको सचिवालयले जनाएको छ। 

त्यस्तै राजदूत चाङले दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै पारस्पारिक लाभमा आधारित मैत्री सम्बन्ध कायम रहेको बताएका थिए। उनले दुवै देशका राष्ट्रपतिकै तहबाट भ्रमण आदान प्रदान भएपछि दुई देशबीचको सहकार्य र सहयोगमा उल्लेख्य वृद्धि भएको र सम्बन्ध नयाँ उचाईमा उठेको बताएका थिए। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.