के अमेरिकाले इरानको ‘जीवनरेखा’ खार्ग टापु कब्जा गर्न सक्छ ?

चीन कति समय सुरक्षित रहन्छ ?

के अमेरिकाले इरानको ‘जीवनरेखा’ खार्ग टापु कब्जा गर्न सक्छ ?

अमेरिका : यदि अमेरिकाले खार्ग टापुको तेल पूर्वाधारलाई निशाना बनायो भने चीनको अवस्था के हुनेछ ? अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले दाबी गरेका छन् कि–उनका सेनाले इरानको खार्ग टापुमा कडा हमला गरेको छ । इरानको तटबाट करिब २४ किलोमिटर टाढा रहेको यो टापु इरानको तेल निर्यातको मुख्य केन्द्र हो । यसलाई देशको जीवनरेखा मानिन्छ ।

इरानको करिब ९० प्रतिशत कच्चा तेल यही टापुमा रहेको टर्मिनलबाट निर्यात हुन्छ । यो तेल यहाँबाट होर्मुज जलडमरूमध्य हुँदै अन्तर्राष्ट्रिय बजारमा पुग्छ । डोनाल्ड ट्रम्पले भनेका छन् कि अमेरिकी सेनाले अहिलेसम्म खार्गको तेल संरचनामा हमला गरेको छैन, तर यदि इरानले होर्मुज जलडमरूमध्यमा तेल ट्यांकरहरूको आवागमन रोक्ने प्रयास गर्‍यो भने उनीहरूले आफ्नो निर्णय पुनर्विचार गर्न सक्छन् ।

स्याटेलाइट तस्वीरमार्फत जहाजहरूको आवागमन निगरानी गर्ने कम्पनी टैंकरट्रयाकर्स डटकमका सह–संस्थापक समीर मदनीले सीएनबीसीलाई बताए अनुसार युद्ध सुरु भएपछि २८ फेब्रुअरीदेखि अहिलेसम्म कम्तीमा १.१७ करोड बैरल कच्चा तेल होर्मुज हुँदै पठाइएको छ र त्यो सबै चीनतर्फ गइरहेको थियो ।

स्याटेलाइट निगरानीका कारण ट्रयाकिङ प्रणाली बन्द गरेर ‘डार्क मोड’ मा गएका जहाजहरू पनि पत्ता लगाउन सकिन्छ । इरानले चेतावनी दिएको थियो कि यो समुद्री मार्ग प्रयोग गर्ने जहाजमाथि आक्रमण हुन सक्छ । त्यसपछि धेरै जहाजहरूले आफ्नो ट्र्याकिङ बन्द गरेका थिए ।
 

शिपिङ डेटा दिने कम्पनी कैप्लरका अनुसार युद्ध सुरु भएदेखि करिब १.२ करोड बैरल तेल होर्मुज हुँदै गएको छ । विश्लेषक नेवे किन सोका अनुसार पछिल्ला वर्षहरूमा चीन इरानी तेलको सबैभन्दा ठूलो खरिदकर्ता भएकोले यीमध्ये धेरै तेल अन्ततः चीन पुग्ने सम्भावना छ । यद्यपि अन्तिम गन्तव्य पुष्टि गर्न कठिन भएको उनीहरूले बताएका छन् ।

चीनले तेल भण्डारण बढायो
अमेरिका र इजरायलको आक्रमणपछि युद्ध सुरु भए पनि इरानले चीनलाई तेल पठाउन जारी राखेको छ, यद्यपि गति केही घटेको छ । सीएनबीसीका अनुसार यस वर्षको सुरुआती दुई महिनामा चीनले तेल भण्डारण तीव्र रूपमा बढाएको छ । चीनको कस्टम डाटाका अनुसार कच्चा तेल आयात अघिल्लो वर्षको तुलनामा १५.८ प्रतिशतले बढेको छ ।

जनवरीसम्म चीनसँग करिब १.२ अर्ब बैरल तेल भण्डार थियो, जसले ३–४ महिना माग पूरा गर्न सक्छ । यो भण्डार ठूलो आपूर्ति संकटसँग जुध्नका लागि बनाइएको हो । 

चीन कति समय सुरक्षित रहन्छ ?

चीन विश्वको दोस्रो ठूलो तेल उपभोक्ता हो । अहिलेको अवस्थामा इरान संकटले तुरुन्त ठूलो असर पार्ने अवस्था छैन । तेलको मूल्य अहिले करिब १०४ डलर प्रति बैरल पुगेको छ, जुन युद्धअघि ६८–७० डलर थियो ।

विश्लेषकहरूका अनुसार चीन अरू देशभन्दा केही समयसम्म राम्रोसँग सामना गर्न सक्छ । तर ३-४ महिनाको भण्डार लामो समयका लागि पर्याप्त नहुन सक्छ । रूसबाट तेल खरिद र वैकल्पिक ऊर्जाको प्रयोग गरेर चीनले सम्भवतः ६ महिनासम्म अवस्था व्यवस्थापन गर्न सक्छ ।

यदि खार्ग टापुमा हमला भयो भने चीन के गर्ने ?
यदि खार्ग टापुको उत्पादन बन्द भयो भने इरानले निर्यात गर्न नसक्ने अवस्था आउन सक्छ, जसले चीनलाई ठूलो असर पार्नेछ । चीनमा तेलको मूल्य बढ्न थालेको छ र पेट्रोल–डिजेलको मूल्य बारम्बार बढाइएको छ ।

अमेरिकाले किन हमला गरेको छैन ?
विशेषज्ञहरूका अनुसार यदि तेल संरचना ध्वस्त गरियो भने युद्ध अझ बढ्न सक्छ र विश्वव्यापी तेल मूल्यमा ठूलो उछाल आउन सक्छ । इरानले अन्य मध्यपूर्वका तेल संरचनामा पनि हमला गर्न सक्छ । विश्लेषकहरू भन्छन् कि अमेरिका अहिले दबाब सिर्जना गर्न चाहन्छ, तर पूर्ण युद्ध चाहँदैन ।

के अमेरिका खार्ग टापु कब्जा गर्न सक्छ ?
केही विश्लेषकहरूका अनुसार भविष्यमा अमेरिका खार्ग टापु कब्जा गर्ने प्रयास गर्न सक्छ । यदि यस्तो भयो भने इरानको तेल निर्यात लगभग बन्द हुनेछ । यो टापु सैन्य अड्डा बन्न सक्छ । इरानको अर्थतन्त्र र सैन्य क्षमता कमजोर हुन सक्छ । केही रिपोर्ट अनुसार करिब ५,००० सैनिक बोकेका युद्धपोत खाडी क्षेत्रमा पठाइएका छन्, तर अमेरिकी रक्षा मन्त्रालयले पुष्टि गरेको छैन । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.