रवि-बालेनलाई चिनियाँ कम्युनिस्ट पार्टीको प्रशंसा, बीआरआईलगायत परियोजनामा सहकार्य गर्न प्रस्ताव

रवि-बालेनलाई चिनियाँ कम्युनिस्ट पार्टीको प्रशंसा, बीआरआईलगायत परियोजनामा सहकार्य गर्न प्रस्ताव

काठमाडौं : चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई बधाई ज्ञापन गरेको छ। सीपीसीले शुभकामना सन्देश पठाएर रास्वपा नेतृत्वको सरकारसँग चीनले मैत्रीपूर्ण सम्बन्ध कायम राख्ने र सहकार्यलाई गहिरो बनाउने बताएको छ। 

सीपीसीको अन्तर्राष्ट्रिय विभागले पठाएको पत्रमा भनिएको छ, 'दुई देशबीचको सम्बन्धलाई थप सुदृढ पार्दै आपसी सिकाइलाई गहिरो बनाउन तयार छौं। यसले द्विपक्षीय सम्बन्धको निरन्तर, सुदृढ र स्थिर विकास प्रवर्द्धन गर्न हामी संयुक्त रूपमा सक्रिय भूमिका निर्वाह गर्न सकौं।'

सीपीसीले रास्वपा सभापति रवि लामिछाने र भावी प्रधानमन्त्री बालेन्द्र शाहको प्रशंसा गरेको छ। उसले रास्वपाबाट पनि सहकार्यको अपेक्षा गरेको छ। 'रास्वपाले चीनसँगको मैत्री सम्बन्धलाई निरन्तरता दिँदै परम्परागत मित्रतालाई अगाडि बढाउन तथा विभिन्न क्षेत्रमा आदानप्रदान र सहकार्यलाई गहिरो बनाउँछ भन्ने विश्वास लिएका छौं,' शुभकामना सन्देशमा भनिएको छ।

सीपीसीले नेपालसँग भएको बीआरआईलगायत महत्त्वपूर्ण सम्झौताहरू रास्वपाले कार्यान्वयन गर्नेमा पनि विश्वस्त देखिएको छ। उसले भनेको छ, 'पहाड र नदीहरूले जोडिएका चीन र नेपालबीच दीर्घकालीन मित्रता छ। नयाँ परिस्थितिमा, चीन नेपालसँग सहकार्य गर्दै राजनीतिक पारस्परिक विश्वासलाई अझ गहिरो बनाउन, बेल्ट एन्ड रोड सहकार्यलाई प्रवर्द्धन गर्न तत्पर छ।'

जवाफमा रास्वपाका विदेश विभाग प्रमुख शिशिर खनालले दुई देशको सम्बन्धलाई अझ प्रगाढ बनाइने बताएका छन्।

उनले विज्ञप्ति जारी गर्दै भनेका छन्, 'चिनियाँ कम्युनिस्ट पार्टीले रास्वपासँगको बढ्दो सम्बन्ध र सहकार्यप्रति खुसी व्यक्त गर्दै आगामी दिनमा दुई राजनीतिक शक्तिबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास दिलाएको छ। चिनियाँ कम्युनिस्ट पार्टीले रास्वपासँग विभिन्न क्षेत्रमा अनुभव आदानप्रदान, आपसी सिकाइ र द्विपक्षीय सम्बन्धको स्थिर विकासका लागि सँगै काम गर्ने तत्परता देखाएको छ। रास्वपा नेपालको स्वतन्त्र परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा अडिग रहँदै छिमेकी मुलुकहरूसँगको सम्बन्धलाई सधैँ प्राथमिकतामा राख्दछ। चिनियाँ कम्युनिस्ट पार्टीले व्यक्त गरेको यस शुभेच्छा र ऐक्यबद्धताका लागि हामी हार्दिक धन्यवाद ज्ञापन गर्दछौं,' खनालद्वारा जारी गरेको विज्ञप्तिमा भनिएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.