दिवान पुनले प्रधानमन्त्री कपमा कर्णाली प्रदेशको कप्तानी गर्ने
काठमाडौं : दिवान पुनको कप्तानीमा कर्णाली प्रदेशले प्रधानमन्त्री कप खेल्ने टिम घोषणा गरेको छ । कर्णालीले दिवानको कप्तानीमा १६ सदस्यीय टिम घोषणा गरेको हो ।
दिवान कप्तान रहँदा वीरेन्द्र शाहले टिमको प्रशिक्षकको जिम्मेवारी सम्हाल्ने छन् । प्रधानमन्त्री कप २०८२/८३ को संस्करण ४ स्थानमा हुनेछन् । काठमाडौंका २ मैदान र जनकपुर र पर्सामा गरी ४ स्थानमा प्रधानमन्त्री कप सञ्चालन हुनेछ ।
प्रधानमन्त्री कप खेल्ने कर्णालीको टिम
प्रशिक्षक : वीरेन्द्र शाह
सहायक प्रशिक्षक : रोशन शाही
व्यवस्थापक : रमेश शाही

प्रतिक्रिया दिनुहोस !