अनिल शाहको कप्तानीमा मधेशले ‘प्रधानमन्त्री कप’ खेल्ने टोली घोषणा
काठमाडौं : राष्ट्रिय टिमका विकेट किपर ब्याटर अनिलकुमार साहको कप्तानीमा मधेश प्रदेशले प्रधानमन्त्री कप खेल्ने टिमको घोषणा गरेको छ । मधेशले अनिलको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो ।
प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको २०२६ को संस्करण ४ वटा क्रिकेट मैदानमा हुनेछ । काठमाडौंको तल्लो र माथिल्लो मूलपानीसहित जनकपुर र पर्सामा हुनेछ । मधेश प्रदेशले प्रधानमन्त्री कपको पहिलो खेल कोशी प्रदेशसँग चैत ७ मा जनकपुरमा खेल्नेछ ।
मधेशको प्रधानमन्त्री कप खेल्ने टिम :

अनिलकुमार साह (विकेट किपर–कप्तान), पवन सर्राफ, रुपेश सिंह, मोहम्मद आदिल आलम, रञ्जित कुमार, अरनिको यादव, मोहम्मद समिर, निरज यादव, अभिषेक तिवारी, विशाल पटेल, हिमान्शु दत्त (विकेट किपर), मयन यादव, विशाल सुस्लिङ, आशिष वैठा र प्रदिप पासवान ।
प्रतिक्रिया दिनुहोस !