देव खनालको कप्तानीमा लुम्बिनी प्रदेशको ‘प्रधानमन्त्री कप’ खेल्ने टोली घोषणा
काठमाडौं : देव खनालको कप्तानीमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप एक दिवसीय प्रतियोगिता खेल्ने टोलीको घोषणा गरेको छ । देवको कप्तानीमा लुम्बिनीले १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।
टिमको प्रमुख प्रशिक्षकमा नेपाली राष्ट्रिय टिमका सहायक प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका प्रशिक्षक बसन्त शाही रहेका छन् । लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप एक दिवसीय प्रतियोगिताको पहिलो खेल कर्णाली प्रदेशविरुद्ध चैत ७ मा पर्सामा खेल्ने छ ।
प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको २०२६ को संस्करण ४ वटा क्रिकेट मैदानमा हुनेछ । काठमाडौंको तल्लो र माथिल्लो मूलपानीसहित जनकपुर र पर्सामा हुनेछ ।
लुम्बिनीको प्रदेशको प्रधानमन्त्री कप खेल्ने टोली

देव खनाल (कप्तान), आकाश त्रिपाठी, प्रज्वल थापा (विकेट किपर), सुमित श्रेष्ठ, रञ्जित खड्का, सलाउद्दिन खान, सन्तोष यादव, अजय चौहान, निर्मल गुरुङ, दिनेश बोहोरा, राजेन्द्रबहादुर बम, विर बहादुर घर्ती मगर, दर्श सुनार, सन्देश थापा, विपर्श केसी
वैकल्पिक खेलाडी :
रमेश कुर्मी, नरबहादुर सार्की, दिनेश रोक्का, महेश भार र सम्राट भुषाल
प्रमुख प्रशिक्षक : बसन्त शाही
सहायक प्रशिक्षक : घनश्याम थारु
व्यवस्थापक : विजयसिंह ज्ञवाली
प्रतिक्रिया दिनुहोस !