प्रधानमन्त्री कप क्रिकेट : वर्षाका कारण दुबै खेल रद्द

प्रधानमन्त्री कप क्रिकेट : वर्षाका कारण दुबै खेल रद्द
सुन्नुहोस्

वीरगन्ज : प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत पहिलो दिनको दुबै खेल वर्षाले प्रभावित बनेको छ । वर्षा नरोकिएपछी वीरगन्ज र जनकपुरधामस्थित रंगशालामा हुन लागेको दुबै खेल रद्द गरिएको हो ।
 

वीरगन्जस्थित नारायणी रंगशालामा कर्णाली र लुम्बिनी तथा जनकपुरधामस्थित रामजानकी रंगशालामा मधेस र कोशीबीचको खेल रद्द भएको हो । खेल रद्द भएपछी चार वटै टिमले १–१ अंक बाडेका छन् ।

कर्णाली र लुम्बिनीको खेल सुरु भएर रोकिएको थियो भने मधेस र कोशीको खेल टस नहुँदै रद्द भएको हो । यसअघि जनकपुरमा मधेस प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री बसन्तकुमार कुशवाहा र वीरगन्जमा महानगरपालिकाका प्रमुख राजेशमान सिंहले प्रतियोगिताको शुभारम्भ गरेका थिए ।

वर्षा सुरु हुनुअघि वीरगन्जमा कर्णालीले ब्याटिङ गर्दै सात ओभरमा २० रन जोडेको थियो । कर्णालीका ओपनर रवीन्द्र शाहीले ९ र सुनिल धमलाले ७ रन बनाएका थिए भने लुम्बिनीका बलर सन्देश थापाले चार ओभर बलिङ गर्दै १२ रन र राजेन्द्र बमले तीन ओभर बलिङ गर्दै एक मेडनसहित आठ रन खर्चिएका थिए ।

null

यसअघि लुम्बिनीले टस जितेर कर्णालीलाई ब्याटिङको निम्तो दिएको थियो । वर्षा नरोकिएपछी दुबै खेल रद्द भएको नेपाल क्रिकेट संघ (क्यान) मधेश प्रदेशका कोषाध्यक्ष सुवास जयसवालले जानकारी दिए । प्रधानमन्त्री कपको यस संस्करण मधेस प्रदेशका दुई र काठमाडौंको तल्लो र माथिल्लो मुलपानी गरी चार रंगशालामा हुँदैछ ।

प्रतियोगिताको फाइनलसहित १९ वटा खेल वीरगन्जमा र उद्घाटनसहित १७ वटा खेल जनकपुरमा हुनेछन् भने बाँकी १० वटा खेल तल्लो र माथिल्लो मुलपानी क्रिकेट मैदानमा हुनेछ । आईसीसी विश्वकप लिग २ को तयारीका लागि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय रंगशालामा प्रधानमन्त्री कपको कुनै पनि खेल हुने छैन । नेपाल क्रिकेट संघ (क्यान) ले त्रिवि रंगशालामा तय भएका सबै खेल तल्लो मुलपानी रंगशालामा सारेको छ ।


झण्डै एक महिनासम्म आयोजना हुने प्रतियोगितामा तीन विभागीय र सात वटा प्रदेश गरी १० टोलीको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । नेपाल पुलिस क्लब प्रतियोगिताको साविक विजेता टोली हो ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.