के इरान युद्धले किम जोङ उनको मनमा डर पैदा भएको हो ?

के इरान युद्धले किम जोङ उनको मनमा डर पैदा भएको हो ?
सुन्नुहोस्

सोल : अमेरिका–इजरायल र इरानबीच युद्ध सुरु भएपछि उत्तर कोरियाका नेता किम जोङ उनको मनमा विभिन्न जटिल सोचहरू आउनु स्वाभाविक मानिएको छ । उत्तर कोरियाले यी आक्रमणहरूको तुरुन्तै निन्दा गर्दै यसलाई ‘कुनै जायज कारण बिना गरिएको आक्रामक युद्ध’ भनेको छ ।

वास्तवमा, सन् १९७९ देखि इरान र उत्तर कोरियाबीच अमेरिका–विरोधी गठबन्धन रहँदै आएको छ र दुवैले मिसाइल विकासमा पनि सहकार्य गरेका छन् । एक पूर्व उत्तर कोरियाली कूटनीतिज्ञका अनुसार इरान उत्तर कोरियाको हतियार निर्यातको प्रमुख गन्तव्य पनि हो।

परमाणु शक्ति : उत्तर कोरियाको मुख्य बल

विश्लेषकहरूका अनुसार उत्तर कोरिया इरानभन्दा बलियो देखिनुका मुख्य कारणहरूमध्ये एक यसको परमाणु क्षमता हो । उत्तर कोरिया पहिले नै परमाणु हतियार सम्पन्न देश हो । सन् २०२५ मा डोनाल्ड ट्रम्पले समेत यसलाई ‘एक प्रकारको परमाणु शक्ति’ भनेका थिए ।

स्टकहोम इन्टरनेशनल पीस रिसर्च इन्स्टिच्युटको रिपोर्टअनुसार, उत्तर कोरियासँग करिब ५० परमाणु वारहेड छन् र थप उत्पादन गर्ने क्षमता पनि छ । यसको विपरीत इन्टरनेशनल अटोमिक इनर्जी एजेन्सीका अनुसार इरानसँग महत्वाकांक्षी परमाणु कार्यक्रम भए पनि परमाणु हतियार बनाउने स्पष्ट प्रमाण भेटिएको छैन ।

आत्मविश्वास र रणनीति
विशेषज्ञहरू भन्छन् कि अहिले किम जोङ उन पहिलेभन्दा धेरै आत्मविश्वासी देखिन्छन् । यसको कारण भनेको परमाणु प्रतिरोध क्षमता र रसियासँग बढ्दो सहकार्य हो, विशेषगरी युक्रेन युद्धपछि । यद्यपि, अमेरिकासँगको सम्बन्ध पूर्ण रूपमा बिग्रिएको छैन । ट्रम्प र किमबीच विगतमा वार्ता पनि भएको थियो, र भविष्यमा पनि संवादको ढोका बन्द भएको छैन ।

चीन र भू–राजनीतिक फाइदा
उत्तर कोरियाको भौगोलिक अवस्था पनि यसको पक्षमा छ । यसको सीमा चीनसँग जोडिएको छ, जसले यसलाई रणनीतिक सुरक्षा प्रदान गर्छ । सन् १९६१ देखि चीनले उत्तर कोरियासँग रक्षा सम्झौता गरेको छ, जसअनुसार आक्रमण भएमा सहयोग गर्ने प्रतिबद्धता छ ।

‘परमाणु बन्धक’ अवस्था
उत्तर कोरियाले आफ्नो परमाणु क्षमतामार्फत दक्षिण कोरिया र जापानलाई पनि जोखिममा राखेको छ । यी देशहरू यसको मिसाइल दायराभित्र पर्छन् ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.