आसिफको शतकीय पारीमा एपीएफले बागमतीलाई दियो २७२ रनको विजयी लक्ष्य

आसिफको शतकीय पारीमा एपीएफले बागमतीलाई दियो २७२ रनको विजयी लक्ष्य
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगिता २०२६ मा ओपनर ब्याटर आसिफ शेखको शतकीय पारीमा एपीएएफ क्लबले बागमती प्रदेशलाई २७२ रनको विजयी लक्ष्य दिएको छ । 

माथिल्लो मूलपानी मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको एपीएफले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतीमा २७१ रन बनाएको हो । एपीएफका लागि ओपनर ब्याटर आसिफ शेखले ११४ रनको शतकीय पारी खेले । उनले १०५ बलमा १४ चौका र ३ छक्का प्रहार गरे । उनी प्रधानमन्त्री कप एक दिवसीय प्रतियोगिता २०२६ मा शतकीय पारी खेल्ने पहिलो खेलाडी बनेका छन् ।

सन्दीप जोराले ५२ रनको अर्धशतीय पारी खेले । सुमित महर्जतनले १८, लोकेश बमले २९ रन बनाउँदा युवराज खत्री र कमल सिंह ऐरी क्रमशः २६ र ३ रनमा अविजित रहे । बागमती प्रदेशको लागि बलिङतर्फ रिजन ढकालले सर्वाधिक ४ विकेट लिए । इशान पाण्डेले २ विकेट लिँदा सोनु देवकोटा र मप्तान सन्दीप लामीछानेले १–१ विकेट लिए । 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.