वसिरको शतकमा आर्मीले पुलिसलाई दियो २४४ रनको लक्ष्य

वसिरको शतकमा आर्मीले पुलिसलाई दियो २४४ रनको लक्ष्य
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२६ मा वसिर अहमदको शतकीय पारीमा आर्मीले पुलिसलाई २४४ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ । 

तल्लो मूलपानी मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ४७ ओभरमा ८ विकेट गुमाउँदै २४३ रन बनाएको हो । तल्लो मूलपानीमा मैदान भिजेको हुँदा ओभर घटाएर ४७ ओभरको खेल सञ्चालन गरिएको हो । 

आर्मीको लागि मध्यक्रमका ब्याटर वसिर अहमदले शतकीय पारी खेले । उनले ८६ बलमा ८ चौका र २ छक्का प्रहार गरे । जारी प्रधानमन्त्री कपमा शतक बनाउने उनी दोस्रो खेलाडी हुन् । पहिलो आज नै माथिल्लो मूलपानी मैदानमा जारी खेलमा एपीएफका आसिफ शेखले शतकीय पारी खेलेका थिए ।

भिम सार्कीले ६२ रनको अर्धशतकीय पारी खेले । ओपनरद्वय तृतराज दास र इम्रान शेखले क्रमशः १३ र १० रन बनाउँदै पेभेलियन फर्किए । अर्जुन साउदले १० रन बनाए । नरेन साउद २१ रनमा अविजित रहे । नेपाल पुलिसका लागि श्रवण यादवले ३ विकेट लिए । सागर ढकाल र रसिद खानले २–२ विकेट लिए। ललित राजवंशीले १ विकेट लिए । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.