सेयर बजारमा उछाल, नेप्से परिसूचक ५४ अंकले बढ्दा कारोबार रकम साढे २३ अर्ब नाघ्यो

सेयर बजारमा उछाल, नेप्से परिसूचक ५४ अंकले बढ्दा कारोबार रकम साढे २३ अर्ब नाघ्यो

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा उछाल देखिएको छ। यसदिन नेप्से परिसूचक उच्च अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक ५४.५१ अंकले बढेर २९३१.५५ विन्दुमा पुगेको छ। नेप्से परिसूचक उच्च अंकले वृद्धि भएसँगै २३ अर्ब माथिको सेयर कारोबार भएको छ।

यसदिन ३६४ स्क्रिप्सको ६ करोड १४ लाख ७ हजार ७४ कित्ता सेयर २३ अर्ब ५९ करोड ७७  लाख १२ हजार  १८२ रुपैयाँमा खरिदबिक्री भए।

छ वटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। कर्पोरेट डेभलपमेन्ट बैंक,सालपा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, अभियान लघुवित्त वित्तीय संस्था, सोलु हाइड्रोपावर र  बुझुङ्ग हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। यस्तै होछल फोरेष्ट,विजय लघुवित्त वित्तीय संस्थार एनआईसी लघुवित्त वित्तीय संस्थाको सेयर ९ प्रतिशत बढीले वृद्धि भयो।

कारोबार रकमका आधारमा कुमारी बैंक शीर्षस्थानमा रह्यो। सो बैंकको ८५ करोड मूल्य बराबरको कारोबार भयो। नेसनल हाइड्रो पावरले ७७ करोडको कारोबार गर्दा शिवम् सिमेन्टको ७५ करोड,नगदी ग्रुपले ७२ करोड र हिमाल दोलखा हाइड्रोपावरले ७१ करोड मूल्य बराबरको सेयर कारोबार गरे।

कारोबारमा आएकामध्ये १८३ वटा स्टक्सको मूल्य बढ्दा ७३ वटाको घट्यो। ८ स्टक्सको मूल्य भने स्थिर रह्यो। ट्रेडिङ समूहको उपसूचकबाहेक अन्य समूहको उपसूचक हरियाली देखिएका छन्। माइक्रो फाइनान्स समूहको उपसूचक सर्वाधिक ४.२१ प्रतिशतले बढ्यो।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.