उपचारका क्रममा किशोरीको मृत्यु : धादिङ अस्पताल तनावग्रस्त

उपचारका क्रममा किशोरीको मृत्यु : धादिङ अस्पताल तनावग्रस्त

धादिङ : धादिङ अस्पतालमा उपचारका क्रममा एक किशोरीको मृत्यु भएपछि अस्पताल परिसरमा तनावपूर्ण अवस्था सिर्जना भएको छ।
नीलकण्ठ नगरपालिका–१३ की १८ वर्षीया किशोरीको उपचारकै क्रममा मृत्यु भएको भन्दै आफन्तहरूले अस्पतालको लापरवाही आरोप लगाउँदै घटनाको निष्पक्ष छानबिनको माग गरेका छन् ।

मृतकका आफन्त तथा स्थानीयवासीले अस्पताल प्रशासनविरुद्ध विरोध प्रदर्शनसमेत गरेका छन् । घटनापछि समस्या समाधानका लागि अस्पताल प्रशासन र मृतक पक्षबीच पहिलो चरणको वार्ता बसेको थियो ।

तर, उक्त वार्ता कुनै निष्कर्षमा पुग्न नसकेपछि स्थगित गरिएको छ । दुवै पक्षबीच सहमति खोज्ने उद्देश्यले आजै  पुनः वार्ता बस्ने तय गरिएको छ । स्थिति अझै संवेदनशील रहेकाले अस्पताल क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.