भारतमा तेल-ग्यासको अवस्था कस्तो छ? प्रधानमन्त्री मोदीले सदनमा दिए जवाफ

भारतमा तेल-ग्यासको अवस्था कस्तो छ? प्रधानमन्त्री मोदीले सदनमा दिए जवाफ

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मध्य पूर्वमा जारी युद्धबारे सम्बोधन गर्दै भारतले पनि ‘अप्रत्याशित चुनौतीहरू’ सामना गर्नुपरेको बताएका छन्। सोमबार लोकसभामा सम्बोधन गर्दै उनले कोभिड-१९ महामारीको समयमा पनि आपूर्तिमा संकट आएको स्मरण गर्दै देशले एकजुट भएर त्यसको सामना गरेको बताए।

उनका अनुसार अमेरिका-इरान युद्धले भारतसमक्ष पनि अप्रत्याशित चुनौतीहरू खडा गरेको छ, जसमा आर्थिक, राष्ट्रिय सुरक्षा तथा मानवीय चुनौतीहरू समावेश छन्। प्रधानमन्त्री मोदीले मध्य पूर्वको वर्तमान अवस्था, ऊर्जा पूर्वाधारमा भएका आक्रमण तथा होर्मुज स्ट्रेट्मा स्वतन्त्र आवागमनमा देखिएको अवरोधबारे चर्चा गरे। उनले देशभित्र पेट्रोल, डिजेल, ग्यास तथा मल (फर्टिलाइजर)को भण्डारण र आपूर्तिको अवस्थाबारे पनि जानकारी दिए।

उनले भने, 'मध्य पूर्वका देशका नेताहरूले भारतीयहरूको सुरक्षाको प्रत्याभूति दिएका छन्, तर दुर्भाग्यवश केही भारतीय नागरिकको मृत्यु भएको छ।' प्रभावित देशहरूमा रहेका भारतीय कूटनीतिक नियोगहरूले त्यहाँ रहेका भारतीय नागरिकहरूसँग २४ घण्टा सम्पर्कमा रही सहयोग गरिरहेको उनले बताए।

प्रधानमन्त्री मोदीका अनुसार युद्ध सुरु भएदेखि हालसम्म ३ लाख ७५ हजार भारतीय सुरक्षित रूपमा स्वदेश फर्किएका छन्। इरानबाट मात्रै १ हजार भारतीय फर्किएका छन्, जसमा ७०० भन्दा बढी मेडिकल अध्ययनरत विद्यार्थी छन्। ती देशहरूमा सीबीएसईको कक्षा १० र १२ को परीक्षा रद्द गरिएको छ।

प्रधानमन्त्री मोदीले कच्चा तेल, ग्यास र मल मुख्य रूपमा होर्मुज स्ट्रेट हुँदै आउने भएकाले युद्धपछि जहाज आवागमन चुनौतीपूर्ण बनेको बताए। उनका अनुसार भारतसँग ५३ लाख मेट्रिक टन कच्चा तेलको रणनीतिक भण्डारण रहेको छ। थप ६५ लाख मेट्रिक टन क्षमताको भण्डारण विस्तारको काम भइरहेको छ। तेल कम्पनीहरूसँग छुट्टै भण्डारण पनि रहेको उनले बताए।

सरकारको प्रयास तेल, ग्यास र मल बोकेका जहाजहरू सुरक्षित रूपमा भारत आइपुग्ने सुनिश्चित गर्नु रहेको उनले बताए। अन्तर्राष्ट्रिय साझेदारहरूसँग निरन्तर समन्वय भइरहेको र त्यसकै कारण होर्मुज स्ट्रेटमा अड्किएका केही जहाज भारत आइपुगेको उनले बताए।

संकटको समयमा विगत १० वर्षमा इथेनोल उत्पादन र मिश्रण (ब्लेन्डिङ) बढाउनु उपयोगी सावित भएको प्रधानमन्त्रीले बताए। हालः पेट्रोलमा २० प्रतिशत इथेनोल मिसावट भइरहेको छ, जसले ठूलो मात्रामा तेल आयात घटाउन मद्दत पुगेको छ।

रेलवे विद्युतीकरणका कारण वार्षिक रूपमा ठूलो मात्रामा डिजेल बचत भइरहेको छ भने मेट्रो सञ्जाल ११०० किलोमिटर पुगेको प्रधानमन्त्री मोदीले बताए। सरकारले विद्युतीय सवारी साधनलाई प्रोत्साहन दिँदै राज्यहरूलाई १५ हजार विद्युतीय बस उपलब्ध गराएको छ। वैकल्पिक इन्धनमा भइरहेको कामले भारतको ऊर्जा सुरक्षालाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।

प्रधानमन्त्री मोदीका अनुसार भारतले यो संकटलाई रणनीतिक ढंगले सामना गरिरहेको छ। सबै क्षेत्रका सरोकारवालासँग छलफल भइरहेको छ भने सरकारद्वारा एक अन्तर-मन्त्रालय समूह गठन गरिएको छ, जसले दैनिक बैठक गरी आवश्यक समाधानमा काम गरिरहेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.