कांग्रेस-एमालेलाई साविककै दलको कार्यालय, तत्कालीन माओवादीको कार्यालयमा रास्वपा बस्ने

कांग्रेस-एमालेलाई साविककै दलको कार्यालय, तत्कालीन माओवादीको कार्यालयमा रास्वपा बस्ने
सुन्नुहोस्

काठमाडौं : संघीय संसद सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूका लागि सिट संख्याका आधारमा संसदीय कार्यालय व्यवस्थापन गरेको छ। सिंहदरबारमा नयाँ संसद निर्माणको कार्य सम्पन्न नभएकाले हालकै संसद सचिवालय परिसरमा रहेको संरचनामा नै दलको कार्यालय व्यवस्थापन गरिएको हो।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि संसदमा प्रतिनिधित्व गर्ने दलहरूको सीट संख्या फेरबदल भएसँगै त्यहीअनुसार दलको कार्यालय व्यवस्था गरिएको संघीय संसदका प्रवक्ता एकराम गिरीले जानकारी दिए। संसद सचिवालयले कांग्रेस र एमालेलाई साबिककै संसदीय दलको कार्यालयमा व्यवस्थापन गरेको छ भने यसअघि नेकपाले प्रयोग गर्दै आएको दलको कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टीलाई उपलब्ध गराइएको छ। 

त्यस्तै यसअघि रास्वपाले प्रयोग गर्दै आएको कार्यालयमा नेकपा, श्रम संस्कृति र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई व्यवस्थापन गरिएको प्रवक्ता गिरीले बताए। उनले अहिले अल्पकालीन व्यवस्थापन गरिएको नयाँ भवन निर्माण सम्पन्न भएपछि त्यहीबाट संसद र संसदीय गतिविधि हुने जानकारी दिए। प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित सदस्यहरूको पद तथा गोपनियताको सपथ भने नयाँ संसद् भवनको बहुउद्देश्यीय हलमा हुने संसद सचिवालयले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.