निरन्तर घट्दै सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?
काठमाडौं : नेपाली बजारमा मंगलबार प्रतितोला सुनको मूल्य २ लाख ७३ हजार ९०० कायम भएको छ। यो मूल्य अघिल्लो दिन सोमबारको तुलनामा १ हजार ६०० रुपैयाँले कम हो।
नेपाल सुन -चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य १६ सय रुपैयाँले घटेर एक तोला सुनको मूल्य २ लाख ७३ हजार ९ सय कायम भएको छ। अघिल्लो दिन सोमबार प्रतितोला सुनको मूल्य २ लाख ७५ हजार ५०० पुगेको थियो।
त्यसअघि आइतबार १२ हजार ५०० रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ८२ हजारमा खरिदबिक्री भएको थियो। यसैबीच मंगलबार चाँदीको भाउ भने बढेको छ। ८० रुपैयाँले बढेर प्रतितोला चाँदी ४ हजार ५०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। सोमबार एक तोला चाँदीको मूल्य ४ हजार ४२५ रुपैयाँ तोकिएको थियो।
प्रतिक्रिया दिनुहोस !