बागमतीले गण्डकीलाई दियो २९५ रनको लक्ष्य

बागमतीले गण्डकीलाई दियो २९५ रनको लक्ष्य

काठमाडौं : प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिता २०२६ अन्तर्गत अशुतोष घिरौया र इशान पाण्डेको अर्धशतीय पारीमा बागमती प्रदेशले गण्डकी प्रदेशलाई २९५ रनको बलियो लक्ष्य दिएको छ । 

तल्लो मूलपानी मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २९४ रन बनाएको हो । बागमतीको लागि इशान पाण्डेले सर्वाधिक ७१ रन बनाए । उनले ६१ बलमा ४ चौका र २ छक्का प्रहार गरे । 

ओपनर ब्याटर अशुतोष घिरौयाले ५९रनको अर्धशतकीय पारी खेले। उनले पहिलो विकेटको लागि शुभ कंसाकरसँग ६४ रनको साझेदारी गरेका थिए । अर्का ओपनर शुभले ४४ रन बनाए । वानडाउन आएका शिवम तिवारीले १८ रन बनाए । उत्तम मगरले ३० र विवेक मगरले २७ रन बनाए। कप्तान सन्दीप लामीछाने २६ रनमा अविजित रहे । 

गण्डकीको लागि कमल परियारले २ विकेट लिए । कप्तान विपिन खत्री, अंकित न्यौपाने, सिविन श्रेष्ठ र सुवास भण्डारीले १–१ विकेट लिए । बागमती प्रदेशको यो खेल दोस्रो खेल हो । बागमतीले पहिलो खेल एपीएफसँग हार बेहोरेको थियो । गण्डकी प्रदेशको भने जारी प्रतियोगितामा यो पहिलो खेल हो । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.