चार ब्याटरको अर्धशतकीय पारीमा पुलिसले एपीएफलाई दियो ३५६ रनको बलियो लक्ष्य

चार ब्याटरको अर्धशतकीय पारीमा पुलिसले एपीएफलाई दियो ३५६ रनको बलियो लक्ष्य
सुन्नुहोस्

काठमाडौं : चार ब्याटरको अर्धशतकीय पारीमा नेपाल पुलिसले एपीएफलाई ३५६ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ । माथिल्लो मूलपानी मैदानमा टस हारेर ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३५५ रन बनाएको हो । 

दिनेश खरेल,  शंकर राना, कप्तान आरिफ शेख र दिलसद अलिले अर्धशतकीय पारी खेले । पुलिसका लागि शंकर रानाले सर्वाधिक ६१ रन बनाए । उनले ५४ बलमा ५ चौका र ४ छक्का प्रहार गरे । ओपनर ब्याटर दिनेश खरेलले ६० रन बनाए । अमित श्रेष्ठले ३९ रन बनाए ।रासिद खान ४४ रन बनाए । कप्तान आरिफ शेखले ५० रनको अर्धशतीय पारी खेले ।

दिलसद अलि ५१ रनमा अविजित रहे । एपीएफको लागि कमलसिंह ऐरी र अमर सिंह रौतेलाले २–२ विकेट लिए । युवराज खत्री, कप्तान रोहित पौडेल र नन्दन यादवले १–१ विकेट लिए । एपीएफ र पुलिस दुवैको यो दोस्रो खेल हो । एपीएफले पहिलो खेलमा बागमती प्रदेशलाई पराजित गरेको थियो पुलिसले भने पहिलो खेल त्रिभुवन आर्मीसँग हार बेहोरेको थियो ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.