खसी भनेर बाख्रीको मासु बेच्ने तीन व्यापारी पक्राउ

खसी भनेर बाख्रीको मासु बेच्ने तीन व्यापारी पक्राउ
सांकेतिक तस्वीर
सुन्नुहोस्

मुगु : मुगुको सदरमुकाम गमगढीमा खसीको मासु भन्दै बाख्रीको मासु बिक्री गर्दै आएका तीन जना मासु व्यापारीलाई प्रहरीले रङ्गेहात नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी निरीक्षक नवीनकुमार शाहीको कमाण्डमा खटिएको टोलीले गमगढीमा सञ्चालनमा रहेका तीन वटा मासु पसलमा छापा मार्दा मासु तयारी अवस्थामा राखिएका बाख्री र मासुसहित व्यवसायीहरूलाई नियन्त्रणमा लिएको हो । स्थानीय उपभोक्ताबाट खसीको नाममा बाख्रीको मासु बिक्री भइरहेको भन्ने गुनासो आएपछि प्रहरीले तीन दिनदेखि निगरानी तथा अनुसन्धान गरिरहेको थियो ।

सोही क्रममा लामो समयदेखि मासु व्यवसाय सञ्चालन गर्दै आएका रावत मासु पसल, बोहोरा मासु पसल र आफन्त होटलबाट एक–एक वटा बाख्रीसहित सम्बन्धित व्यवसायीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

सदरमुकाम गमगढीमा आधिकारिक रूपमा मासु व्यवसाय सञ्चालन गर्ने एक दर्जनभन्दा बढी व्यक्ति तथा फर्महरू रहेका छन् । तर केही व्यवसायीले लामो समयदेखि उपभोक्तालाई झुक्याउँदै खसीको नाममा बाख्रीको मासु बिक्री गर्दै आएको खुलेको छ । सम्बन्धित निकायबाट प्रभावकारी अनुगमन नहुँदा उपभोक्ताहरू ठगीमा पर्दै आएका थिए ।

राष्ट्रिय उपभोक्ता हित संरक्षण समिति मुगुका अध्यक्ष चित्रबहादुर मल्लले प्रहरीले प्रमाणसहित व्यवसायीलाई नियन्त्रणमा लिएकाले अब कानुनी प्रक्रिया अनुसार कारबाही अगाढी बढ्न सक्ने बताए ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक रवीराज थपलियाका अनुसार, विगत ६ महिनादेखि यस्तो गतिविधि भइरहेको सूचना आए पनि ठोस प्रमाण फेला परेको थिएन । बुधबार बिहान सादा पोशाकमा खटिएको प्रहरी टोलीले तीन वटा बाख्रीसहित व्यवसायीलाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएका बाख्री र मासुको पशु चिकित्सकमार्फत परीक्षण गरिने र त्यसपछि मात्र सम्बन्धित कानुनी कारबाही अघि बढाइने प्रहरीले जनाएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.