टिप्परको ठक्करबाट वृद्धाको मृत्यु
गुल्मी : गुल्मीमा टिप्परको ठक्करबाट एक वृद्वाको मृत्यु भएको छ । बिहीबार रेसुङ्गा नगरपालिका–१३ भंगारीमा टिप्परको ठक्करबाट घाइते बनेकी ९२ वर्षीया धनिकला बुढाथोकीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
तम्घासबाट बुटवलतर्फ जाँदै गरेको सुजाता कन्स्ट्रक्सनको लु १ क ४५४७ नम्बरको टिप्परले सडकमा हिँडिरहेकी ९२ बुढाथोकीलाई ठक्कर दिएर घाइते बनाएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएकी बुढाथोकीलाई तत्काल उपचारका लागि पाल्पा मिसन अस्पताल पठाइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी (डीएसपी) गंगाबहादुर सारुले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !