पूर्वाञ्चल आइसक्रिम क्याफेमा आगलागी, ३५ लाख बढीको क्षति
सुनसरी : सुनसरीको इटहरीस्थित धरान रोडमा रहेको पूर्वाञ्चल आइसक्रिम क्याफेमा आगलागी हुँदा ठूलो क्षति पुगेको छ । बुधबार क्याफेको भान्साबाट सुरु भएको आगो तीव्र रूपमा फैलिँदै भवनको तेस्रो तलासम्म पुगेको थियो ।
जेनजी आन्दोलनका क्रममा इटहरी उपमहानगरपालिकाको दमकलमा क्षति पुर्याइएका कारण आगो नियन्त्रणमा समस्या भएको थियो । स्थानीय दमकल प्रयोग गर्न नसकिएको अवस्थाबीच प्रहरी र स्थानीयवासीको सक्रियतामा इटहरी बाहिरबाट मगाइएका चार वटा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको आएको थियो ।
सुनसरीका प्रहरी प्रमुख एसपी केशबकुमार थेबेले सबैको सहयोगमा समयमै आगो नियन्त्रणको प्रयास गरिएकाले आगो अन्य संरचनामा फैलिन नपाएको बताए । आगलागीबाट ३५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको उनले बताए । आगलागीको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !