राखेपको प्रश्नमा एन्फाको जवाफ : चुनाव नगरे फिफा र एएफसीको प्रतिबन्ध !

राखेपको प्रश्नमा एन्फाको जवाफ : चुनाव नगरे फिफा र एएफसीको प्रतिबन्ध !
सुन्नुहोस्

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) ‘चैते रमाउने’ भन्दै चुनावी प्रक्रियामा हस्तक्षेप नगर्न राखेपलाई पत्राचार गरेको छ । 
राष्ट्रिय खेलकुद परिषद् राखेपले मंगलबार एक पत्राचार गर्दै एन्फालाई खेलकुद ऐन–२०७७ अन्तर्गतको धारा २८ को (ड)  बमोजिम कारबाही नगर्नु पर्नाको स्पष्ट कारण खुलाउन २४ घण्टे अल्टिमेटम दिएको थियो ।

सोही पत्रको उत्तरस्वरूप एन्फाले फिफा र एएफसीले तेस्रो पक्षको हस्तक्षेप भएको खण्डमा एन्फालाई प्रतिबन्ध लगाउने चेतावनी पाएको हुँदा राखेपलाई हस्तक्षेप नगर्न अनुरोध गरेको छ । 

राखेपको उत्तर दिँदै एन्फाले निर्वाचन स्थगन भएको खण्डमा नेपाली फुटबल अन्तर्राष्ट्रिय गतिविधिलगायत फिफा र एएफसीबाट नेपाली फुटबलले प्राप्त गर्ने आर्थिक प्राविधिकलगायत सम्पूर्ण सहयोग स्थगन हुने भएकाले संघको घोषित मितिमा हुने निर्वाचन सम्पन्न गर्न बाध्यात्मक अवस्था सिर्जना भएको भन्दै उत्तर पठाएको हो । एन्फाले राखेपको प्रश्नको उत्तर स्वरूप दुई पृष्ठको सफाई पेश गरेको छ ।

पछिल्लो समय राखेप र एन्फाबीच चुनावी प्रकरण, राष्ट्रिय लिग २०८२ तथा एन्फा महिला लिगलाई लिएर विवाद चुलिएको थियो । एन्फाले तहगत चुनाव नगराई संघीय चुनाव गराउन लागेको भन्दै चुनाव एन्फाको विधान विपरीत भएको राखेपमा उजुरी परेको थियो ।

सोही उजुरीलाई सुनुवाई गर्दै राखेपले एन्फासँग बारम्बार छलफल र पत्राचारको दोहोरी खेलिरहेको छ । एन्फाले भने चैत १३ गतेको चुनावका लागि चैत्र १० गतेदेखि नै सातदोबाटोस्थित केन्द्रीय कार्यालय बन्द हुने सूचना जारी गरिसकेको छ । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.