आइसीसी वुमेन्स च्यालेन्ज ट्रफीका लागि नेपालको प्रारम्भिक टिम घोषणा

आइसीसी वुमेन्स च्यालेन्ज ट्रफीका लागि नेपालको प्रारम्भिक टिम घोषणा
सुन्नुहोस्

काठमाडौं : आइसीसी वुमेन्स च्यालेन्ज ट्रफीका लागि नेपाली महिला क्रिकेटको प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेट संघ क्यानले बुधबार २९ सदस्य टोलीलाई बन्द प्रशिक्षणमा बोलाएको हो । 

क्यानले घोषणा गरेको प्रारम्भिक टोलीमा युवा खेलाडीसँगै अनुभवी खेलाडी पनि समावेश गरिएको छ । विश्वकप छनोटको ग्लोबल क्वालिफायर्सको क्रममा जटिल बनेकी कप्तान इन्दुवरमा पनि यस टोलीमा समावेश भएकी छन् । आइसीसीले उदयमान राष्ट्रहरूको सहभागितालाई लक्षित गरी आइसीसीले नयाँ संरचनाको प्रतियोगिता सुरु गर्न लागेको हो ।

अप्रिलको दोस्रो साताबाट रुवान्डामा हुने यस प्रतियोगिताको आधिकारिक मिति र टिमहरूको जानकारी भने भइसकेको छैन । प्रतियोगितामा एसिया अफ्रिका युरोप अमेरिका र एसिया प्यासिफिक क्षेत्रबाट एक–एक गरी पाँच टोल सहभागी गर्ने आइसीसीको तयारी रहेको छ । आइसीसीको महिला क्रिकेटको संरचनालाई बलियो बनाउने लक्ष्यले आइसीसी वुमेन्स च्यालेन्ज ट्रफी सुरु गरिएको हो । अन्तर्राष्ट्रियस्तरमा उदयमान टोलीहरुलाई अन्तर्राष्ट्रिय खेलको अनुभव बटुल्ने अवसरको रुपमा रहेको छ । 

नेपालको प्रारम्भिक टोली
इन्दु बर्मा,पूजा महतो,रुबिना क्षेत्री, सीता राना मगर, विन्दु रावल, सम्झना खड्का, रुबी पोदार, कविता जोशी कविता कुँवर, रिया शर्मा, रोमा थापा, सुमन बिष्ट, अनु कडायत, सिमाना केसी, राजमती ऐरी, मनिषा उपाध्याय, रचना चौधरी, सोनी पाख्रिन, साना प्रविन, खुसी डंगोल, सुधा धामी, किरण कुँवर, लक्ष्मी साउद, अलिसा यादव, त्रिशना बिक, कुसुम गोदार, यशोदा बिष्ट, अन्जि पाठक र रामा बुढाथोकी

null
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.