प्रधानन्यायाधीशद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन प्रस्तुत, ६२.२९ प्रतिशत मुद्दा फर्छ्यौट

प्रधानन्यायाधीशद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन प्रस्तुत, ६२.२९ प्रतिशत मुद्दा फर्छ्यौट
सुन्नुहोस्

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल समक्ष प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले आर्थिक वर्ष २०८०/०८१को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन्।

सर्वोच्च अदालतलगायत मातहत अदालत तथा न्यायाधिकरणहरूमा गत आर्थिक वर्षबाट जिम्मेवारी सरेको मुद्दा, रिट र निवेदन र प्रतिवेदनको संख्या १ लाख ६२ हजार तीन सय चालीस र यस आर्थिक वर्षमा नयाँ दर्ता भएका २ लाख ३४हजार २५३ गरी जम्मा मुद्दाको वार्षिक लगत ३ लाख ९६  हजार ५ सय ९३ कायम भएकोमा २ लाख ४७ हजार ३३ अर्थात् ६२ दशमलव २९ प्रतिशत मुद्दा फछ्यौट भएको छ। 

एक लाख ४९  हजार ५ सय ६० मुद्दा बाँकी रहेका छन्। जुन गत वर्षको तुलनामा ८ दशमलव ४३ प्रतिशत बढी मुद्दा फर्छ्यौट भएको छ भने पुराना बक्यौता मुद्दा गत वर्ष असार मसान्तसम्म १७ हजार ७ सय ५२ थान रहेकोमा उक्त संख्या २७ दशमलव ४४ प्रतिशतले घटी १२ हजार ८ सय ८० बाँकी छ। 

सर्वोच्च अदालतमा गत आर्थिक वर्षबाट जिम्मेवारी सरेको मुद्दा, रिट र निवेदन र प्रतिवेदनको संख्या १५ हजार ७ सय २८ र  यस आर्थिक वर्षमा नयाँ दर्ता भएका पन्ध्र हजार तेह्र गरी जम्मा मुद्दाको लगत ४० हजार ७ सय ४१ कायम भएकोमा सोमध्ये १६ हजार ६ सय ३४ अर्थात ४० दशमलव ८२ प्रतिशत मुद्दा फर्छ्यौट भई २४ हजार एक सय सात मुद्दा बाँकी रहेको छ। जुन गत वर्षको तुलनामा ६ दशमलव ६९ प्रतिशत बढी मुद्दा फर्छ्यौट भएको छ भने पुराना बक्यौता मुद्दा गत वर्ष असार मसान्तसम्म ११ हजार ९ सय ७७ थान रहेकोमा प्रतिवेदन वर्षमा उक्त संख्या २५ दशमलव २९ प्रतिशतले घटी ८ हजार ९ सय ४७ बाँकी छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.