इरानले भारत र चीनसहित यी देशका लागि होर्मुज स्ट्रेट खुला गर्ने

इरानले भारत र चीनसहित यी देशका लागि होर्मुज स्ट्रेट खुला गर्ने
फाईल तस्विर

तेहरान :  अमेरिका र इरानबीच बढ्दो तनावका बीच इरानी विदेशमन्त्री अब्बास अरागचीले मित्र राष्ट्रहरूका लागि रणनीतिक रूपमा अत्यन्तै महत्वपूर्ण मानिने 'होर्मुज स्ट्रेट' को बाटो खुला गरिने घोषणा गरेका छन्। 

विदेशमन्त्री अराघचीका अनुसार चीन, रुस, भारत, इराक र पाकिस्तान जस्ता मित्र राष्ट्रहरूका लागि होर्मुज स्ट्रेटको मार्ग खुल्ला रहने भएको हो। जुन विषयको आधिकारिकता मुम्बईस्थित इरानी महावाणिज्य दूतावासले दिएको बिबिसीले उल्लेख गरेकाे छ। 

होर्मुज स्ट्रेट विश्वभर कच्चा तेल र ग्याँस आपूर्तिका लागि सबैभन्दा महत्त्वपूर्ण समुद्री मार्ग हो, जुन इरानको तट हुँदै जान्छ। विश्वको ठूलो हिस्साको ऊर्जा व्यापार यही बाटोमा निर्भर छ।

इजरायल र अमेरिकाको हमलापछि इरानले यो मार्ग बन्द गरेको थियो। यसअघि यहाँबाट गुज्रिने केही जहाजहरूमाथि आक्रमणका घटनाहरू पनि सार्वजनिक भएका थिए। अमेरिकाले होर्मुज स्ट्रेटलाई पूर्ण रूपमा खुला गराउन निरन्तर दबाब र प्रयास गरिरहेको छ।

यो समुद्री मार्ग प्रभावित हुँदा विश्वका धेरै देशहरूमा तेल र ग्याँसको अभाव देखिएको छ भने अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा समेत भारी वृद्धि भएको छ। मध्य पूर्वमा जारी संघर्षका कारण 'होर्मुज स्ट्रेटको नाकाबन्दी' लाई लिएर विश्वका धेरै देशहरूले गम्भीर चिन्ता व्यक्त गरिरहेका छन्। यस्तो अवस्थामा इरानले केही निश्चित देशहरूलाई मात्र मार्ग दिने निर्णयले विश्व राजनीति र अर्थतन्त्रमा नयाँ तरंग पैदा गरेको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.