एन्फा चुनावमा कुमार पक्ष सहभागी नहुने

एन्फा चुनावमा कुमार पक्ष सहभागी नहुने
सुन्नुहोस्

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) को चैत १३ मा हुने चुनावमा पंकजविक्रम नेम्वाङका विपक्षी अध्यक्ष उम्मेदवार दीर्घबहादुर (कुमार) केसी पक्ष सहभागी नहुने भएको छ । काठमाडौंमा चुनावको एक दिनअघि पत्रकार सम्मेलन गर्दै कुमार पक्षले आफूहरु चुनावमा नजाने बताएका हुन् । 

‘हामी नेपाल सरकारको सम्बन्धित निकाय राष्ट्रिय खेलकुद परिषद (राखेप) ले निलम्बन गरेको संघको चुनावमा राष्ट्रको ऐन विपरित संलग्न हुँदैनौं ।’ दीर्घबहादुर (कुमार) केसीले अन्नपूर्ण पोष्टसँग कुरा गर्दै भनेका हुन् । 

उनीसँगै उनको प्यानलमा रहेका १८ जनालाई निर्वाचन समीति र सचिवालयले कुनै पनि खबर नगरेको समेत केसीले बताए । ‘भोलि चुनाव हुँदैछ । झापामा भनेको छ ।  झापा कहाँ जाने हामीलाई निर्वाचन समितिले केही खबर गरेको छैन’, उनले भने । एन्फाको हुन लागेको चुनावको भेन्यू समेत विपक्षी प्यानललाई थाहा नदिई चुनाव गराउन लागिएको उनले आरोप लगाए ।

उनले भने, ‘यो त सरकारको ऐन पनि नमान्ने विपक्षीलाई भेन्यू समेत थाहा नदिइ लुकेर गर्न लागिएको चुनाव हो ।’ नेपाल सरकारको सम्बन्धित निकाय राखेपले बुधबार एक पत्र मार्फत एन्फालाई ३ महिनाको लागि निलम्बन गरिएको बताएको थियो । राखेपले निलम्बनको पत्र पठाए पनि हालका अध्यक्ष पकंज विक्रम नेम्वाङ पक्ष भने झापामा संघीय चुनावी साधारण सभाको लागि पुगेको छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.