शंकरको सम्हालिएको शतकमा पुलिसको दोस्रो जित

शंकरको सम्हालिएको शतकमा पुलिसको दोस्रो जित

काठमाडौं : प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता–२०२६ मा बागमती प्रदेशलाई ७ विकेटले पराजित गर्दै नेपाल पुलिस क्लबले प्रतियोगितामा दोस्रो जित दर्ता गरेको छ । 

माथिल्लो मूलपानी मैदानमा टस जितेर ब्याटिङ गरेको बागमती ४९.२ ओभरमा अलआउट हुँदै २६५ रन बनाएको थियो । बागमतीले दिएको २६६ रनको विजयी लक्ष्य पछ्याएको नेपाल पुलिस क्लबले ४४ ओभरमा ३ विकेटको क्षतीमा २७१ रनसहित लक्ष्य पूरा गरेको हो । 

पहिलो विकेटको लागि ओपनर दिनेश खरेल र शंकर रानाले १५९ रनको शतकीय साझेदारी गरे । जसमा शंकर रानाले उत्कृष्ट शतकीय पारी खेले । उनले १२८ बलमा १३ चौका र ४ छक्का प्रहार गरे । अर्का ओपनर दिनेश खरेलले ७५ बलमा ८ चौका र ३ छक्कासहित ७० रन बनाए । कप्तान आरिफ शेद ४३ र रासिद खान १० रनमा अविजित रहे । 

बागमतीका लागि बलिङतर्फ रिजन ढकाल, सन्दीप लामीछाने र सुवास खत्रीले १–१ विकेट लिए । त्यसअघि, पहिलो इनिङ्समा ब्याटिङ गरेको बागमतीको लागि पवन थापाले सर्वाधिक ७९ रन बनाए । उनले १०१ बलमा ६ चौका र १ छक्का प्रहार गरे । इशान पाण्डेले ८० बलमा ६ चौका र ३ छक्कासहित ७० रन बनाए । 
 

ओपनरद्वय आशुतोष घिरौया र शुभ कंशाकरले क्रमशः २२ र १४ रन बनाए । शिवम तिवारीले १२ रन, उत्तम मगरले २१ र कप्तान सन्दीप लामिछानेले १३ रन बनाए । अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपाल पुलिस क्लबलका लागि बलिङतर्फ रासिद खान र दिनेश खरेलले ३÷३ विकेट लिए । करण केसीले २ र ललित राजवंशीले १ विकेट लिए । 

पुलिस र बागमती दुवैको जारी प्रतियोगितामा यो तेस्रो खेल थियो । जसमा पुलिसले दोस्रो जित दर्ता गरेको हो भने बागमतीले दोस्रो हार बेहोरेको हो । पहिलो खेलमा नेपाल पुलिस क्लब त्रिभुवन आर्मी क्लबसँग २२ रनले हार बेहोरेको थियो । दोस्रो खेल विभागीय डर्बीमा पुलिसले एपीएफलाई १८५रनले हराएको थियो । त्यस्तै बागमतीले पहिलो खेलमा एपीएफसँग ७१ रनले हारेको थियो । दोस्रो खेलमा बागमती प्रदेशले गण्डकी प्रदेशलाई १७० रनले हराएको थियो । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.