सवारी दुर्घटनामा नाबालकको मृत्यु

सवारी दुर्घटनामा नाबालकको मृत्यु
सुन्नुहोस्

रौतहट : रौतहटको राजपुर नगरपालिकामा ट्र्याक्टर दुर्घटनामा परी एक नाबालकको मृत्यु भएको छ।

राजपुर-१ पिपरा भगवानपुर टोलस्थित भित्री सडक खण्डमा अमेरी मस्जिदबाट कबरी स्थान तर्फ जादै गरेको ना६त ५४४० नम्बरको ट्र्याक्टर आफैं अनियन्त्रित भए दुर्घटना हुँदा भारतको मोतिहारी पडरी गाउ बस्ने शेख सोनुका ८वर्षीय छोरा शेख सादिकको मृत्यु भएको प्रहरीले जनाएको छ। 

मृतक सादिक मामा शेख ममताज मुसतुफाको घरमा बस्दै आएका थिए। उनी स्थानीय मामाको घरमा बस्दै शेख बजिलको घर अगाडि खेली रहेको अवस्थामा दुर्घटना हुँदा टाउकोमा चोट लगि घाइते भएका थिए। घाइते उनलाई उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएकोमा डाक्टरले चेक जाँच गर्दा मृत घोषणा गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.