प्रधानमन्त्री कप क्रिकेटमा मधेसको अपराजित यात्रा कायमै, लुम्बिनी २५ रनले पराजित

प्रधानमन्त्री कप क्रिकेटमा मधेसको अपराजित यात्रा कायमै, लुम्बिनी २५ रनले पराजित

सिमरा : प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार भएको खेलमा मधेस प्रदेश २५ रनले बिजयी भएको छ । प्रतियोगितामा अपराजित रहने क्रममा मधेसले लुम्बिनी प्रदेशमाथि जित हात पारेको हो । जनकपुरस्थित रामजानकी रंगशालामा टस जितेर पहिले ब्याटिङ रोजेको मधेसले ३८.१ ओभरमा सबै विकेट गुमाएर १३८ रन जोडेको थियो ।

मधेसका लागि ओपनर मयन यादवले ३१, आदिल आलमले २३ र पवन सर्राफले १९ रन बनाए । कप्तान अनिल साह एक बनाएर पेभेलियन फर्किए । १० रनको स्थितिमा कप्तान साहलाई गुमाएको मधेसको ब्याटिङ लाइनअप लरखराएको थियो । मधेशले अन्तिम तीन विकेट १२४ रनको स्थितिमा गुमाउन पुगेको थियो । मधेसलाई सामान्य रनमै रोक्ने क्रममा लुम्बिनीका तीव्र गतिका बलर सन्देश थापा र सन्तोष थापाले समान तीन–तीन, अजय चौहानले दुई र निर्मल गुरुङले एक विकेट लिए । 

मधेसले दिएको १२५ रनको सामान्य लक्ष्य पछ्याउन मैदानमा उत्रिएको लुम्बिनी झनै कमजोर देखियो । लुम्बिनीले २६ ओभरमै आफ्नो सबै विकेट गुमाएर ९९ रन मात्रै जोड्न सफल भयो । लुम्बिनीका सुमित श्रेष्ठले ३०, सन्देश थापाले १६ र कप्तान देव खनालले १२ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । लुम्बिनीका चार ब्याटर शून्यको स्थितिमा आउट भएका थिए । 

लुम्बिनीको ब्याटिङ लाइनअप ध्वस्त पार्ने क्रममा मधेसका विशाल पटेल एक्लैले पाँच विकेट लिए । पहिलो ओभरमै लुम्बिनीका ओपनर रञ्जित खड्कालाई शिकार बनाएका विशालले आकाश त्रिपाठी, प्रज्ववल थापा, ध्रुव सुनार र निर्मल गुरुङलाई मैदान बाहिर पठाएका थिए । प्लेयर अफ दि म्याच विशालले ९ ओभर बलिङ गर्दै २४ रन खर्चिए । यसैगरी मधेसका प्रदीप पासवानले दुई विकेट लिँदा रुपेश सिंह, आदिल आलम र आशिक बैठाले समान एक–एक विकेट लिए । 

जितसँगै मधेस अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । तीन खेलमा दुई जित र एक बराबरीका साथ मधेसले पाँच अंक बटुलेको छ । वर्षाका कारण पहिलो खेलमा कोशीसँग १–१ अंक बाँडेको मधेसले दोस्रो खेलमा सुदूरपश्चिलाई पाँच विकेटले पराजित गरेको थियो । प्रतियोगितामा पहिलो हार व्यहोरेको लुम्बिनी भने तीन अंकका साथ तालिकाको पाँचौं स्थानमा छ । वर्षाका कारण पहिलो खेल रद्द भएपछि कर्णालीसँग १–१ अंक बाँडेको लुम्बिनीले दोस्रो खेलमा कोशीलाई १४८ रनले पराजित गर्दै दुई अंक बटुलेको थियो । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.