बलात्कार तथा यौनजन्य हिंसापीडितलाई छिटो न्याय दिन कानुन सुधार गरिने

बलात्कार तथा यौनजन्य हिंसापीडितलाई छिटो न्याय दिन कानुन सुधार गरिने
सुन्नुहोस्

काठमाडौं : नव निर्वाचित कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले केही गम्भीर अपराधका घटनामा पीडितलाई छिटो भन्दा छिटो न्याय दिलाउन कानुनी सुधार गर्ने बताएकी छिन् ।

शुक्रबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री गौतमले जबरजस्ती करणी र जबरजस्ती करणीपश्चात् हुने हत्याजस्तो जघन्य कसुर, यौनजन्य हिंसा, बालबालिकासम्बन्धी कसुरलगायतमा पीडितलाई छिटो भन्दा छिटो न्याय दिलाउन कानुनी सुधार गर्ने बताइन् ।

यस्ता घटनामा संलग्नलाई दण्ड, सजाय र पीडितलाई शीघ्र न्यायको लागि अपराध संहितालगायतका कानुनहरूमा देखिएका अवरोध पहिचान गरी अध्ययन गर्ने निर्णय समेत उनले गरेकी छन् । उनले कानुनहरूमा देखिएका अवरोध पहिचान गरी अध्ययन गर्न कार्यदल गठन र सम्बद्ध कानुनमा संशोधन कार्य अघि बढाउने बताइन् । उनले आवश्यक कानुनहरुलाई संसदबाट छिटो अघि बढाउन प्रभावकारी भूमिका खेल्ने उल्लेख गरिन् ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.