पाँच वर्षभित्र सबै युवालाई सीपयुक्त बनाउन एक महिनाभित्र योजना
काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहले नेपालमा नै रोजगारी सिर्जना गरेर युवाहरुलाई विदेश पलायनबाट रोक्नु पर्ने बताएका छन् । शुक्रबार मन्त्रालय पुगेर पदभार ग्रहण गर्दै मन्त्री साहले सीप सिकाएर नेपालमा नै रोजगारी सिर्जना गर्नेतर्फ ध्यान केन्द्रीत गर्ने बताएका छन् ।
उनले सीप विना वैदेशिक रोजगारीमा जाने युवाहरुले समस्या भोग्नु परेकाले युवाहरुलाई सीपमूलक तालिम दिइने बताए । जनतालाई पठाएर मात्रै नहुने भन्दै सीप महत्वूर्ण हुने उनको भनाइ छ ।
उनले यसअघिका मन्त्रीहरुले गरेका राम्रा कामलाई निरन्तरता दिने बताए । पदभार ग्रहण गर्दै मन्त्री साहले पाँच बर्षभित्र सबै युवाहरुलाई सीपयुक्त बनाउन एक महिनाभित्र योजना तयार गर्ने निर्णयमा हस्ताक्षर गरेका थिए ।
प्रतिक्रिया दिनुहोस !